५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा २० वर्षसम्म युरोपको वर्चस्व, मेसी र नेयमारमाथि दक्षिण अमेरिकाका लागि चुनौति



अ+ अ-

एजेन्सी । फिफा विश्वकप सुरु हुन दुई दिन मात्रै बाँकी छ । यसपटकको विश्वकपमा युरोपको दबदबा टुट्ने हो कि होइन भन्नेबारे चासो बढ्न थालेको छ । किनभने विगत २० वर्षदेखि युरोपेली राष्ट्रहरूले फिफा विश्वकपमा आफ्नो एकाधिकार कायम राखेका छन् ।

सन् २००२ मा पछिल्लो पटक युरोप बाहिर दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्व च्याम्पियन बनेको थियो । त्यसयता युरोपेली देशहरूले ब्राजिल र अर्जेन्टिनालाई प्रत्येक विश्वकपमा उपाधिका दावेदार भए पनि फिफा ट्रफीबाट टाढा राखेका छन् ।

नेयमार र लियोनल मेसीको नेतृत्वमा ब्राजिल र अर्जेन्टिना कतारमा आफ्नो दाबेदार प्रस्तुत गरेसँगै २० वर्षदेखि चलिरहेको युरोपेली दबदबा तोड्ने चुनौति दुवै देशलाई हुनेछ ।

दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे विजेता
सबैभन्दा बढी पाँच पटक (१९५८, १९६२, १९७०, १९९४, २००२) विश्व च्याम्पियन ब्राजिल र दुई पटकको उपाधि विजेता अर्जेन्टिना (१९७८, १९८६) यस पटक पनि उपाधिका प्रमुख दाबेदार हुन् । द्रुत र आक्रामक फुटबल खेल्ने यी दुई देशले रक्षात्मक र प्राविधिक फुटबल खेल्ने युरोपेली देशलाई पछि पार्छन् कि पार्दैनन्, हेर्न बाँकी नै छ ।

ब्राजिल र अर्जेन्टिनापछि फिफा विश्वकप जित्ने उरुग्वे तेस्रो दक्षिण अमेरिकी राष्ट्र हो । उरुग्वे सन् १९३० मा फिफा विश्वकपको पहिलो विजेता पनि थियो । सन् १९५० मा पनि उसले माराकाना रंगशालामा एक लाख ४५ हजार दर्शकको अगाडी आयोजक ब्राजिललाई २–१ ले हराएर विश्व उपाधि मात्र जितेको थिएन, त्यतिबेला सबैलाई चकित पारेको थियो । यद्यपि, यसपटक पनि लुइस स्वारेज र एडिन्सन काभानीजस्ता स्टार खेलाडीहरु सम्मेलित उरुग्वेलाई भने उपाधि दाबेदारमा गनिएको छैन ।

२००२ सम्म, दक्षिण अमेरिकी देशहरूले युरोपका आठ विरुद्ध नौ उपाधि जितेका थिए
२००२ सम्म, युरोप र दक्षिण अमेरिकी देशहरूमा उपाधिका लागि रोचक भिडन्त हुन्थ्यो । सन् २००२ सम्म भएका १७ विश्वकपमा नौ उपाधि दक्षिण अमेरिकी देशले र आठ उपाधि युरोपेली देशले जितेका थिए तर त्यसपछि स्थिति उल्टो भयो । अहिलेसम्म युरोपेली देश १२ पटक विश्व च्याम्पियन बनेका छन् भने दक्षिण अमेरिकी देशले ९ पटक फिफा उपाधि जितेका छन् ।

रोचक प्रसंग, सन् २००२ यता भएका चार विश्वकपमा दक्षिण अमेरिकी टोली अर्जेन्टिना एकपटक मात्रै फाइनलमा पुग्न सकेको छ । सन् २०१४ मा मेसीको कप्तानी रहेको अर्जेन्टिनालाई जर्मनीले १-० ले हराएको थियो । सन् २०१० मा उरुग्वे र २०१४ मा ब्राजिल सेमिफाइनलमा पुगेका थिए । दुवै देश चौथो स्थानमा रहे । अर्थात् सन् २००२ देखि फिफा विश्वकपमा युरोपेली फुटबलको पूर्ण प्रभुत्व रहेको छ ।

विश्वकप उपाधि जित्न नसकेका मेसी र नेयमार
इंग्ल्याण्डका स्टार फुटबलर वायन रुनीले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यसपटक अर्जेन्टिना र ब्राजिल विश्वकप जित्न सक्षम छन् ।’ यो मेसीको पाँचौं र अन्तिम विश्वकप हुन सक्छ । उनले अर्जेन्टिनालाई अहिलेसम्म विश्वकपको उपाधि जिताउन सकेको छैन । उनले यस पटक जित्नका लागि आफ्नो सबै प्रयास र मिहिनेत लगाउनेछन् ।

यता, नेयमार पनि अर्को वर्ष फेब्रुअरीमा ३१ वर्षका हुनेछन् । विज्ञहरूले यसलाई उनको अन्तिम विश्वकप पनि मानिरहेका छन् । उनले पनि ब्राजिललाई विश्व च्याम्पियन बनाउन सकेका छैनन् । दुवै स्टार फुटबलर आफ्नो देशको उपाधिको खडेरी अन्त्य गर्न चाहन्छन् ।