• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

सत्ता गठबन्धनको कोटेश्वरमा अन्तिम चुनावी सभा



काठमाडौँ । सत्ता गठबन्धनले मौन अवधि सुरु हुनुअघि काठमाडौँमा अन्तिम चुनावी सभा आयोजना गरेको छ ।

बिहीबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।

काठमाडौँको कोटेश्वरमा गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) दलहरुले बिहीबार दिउँसो २ बजे चुनावी सभा आयोजना गरेका हुन् ।

सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापालगायतले सम्बोधन गर्ने बताइएको छ ।