१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

चारा घोटाला काण्ड : लालुप्रसाद यादवलाई ५ वर्षको जेल सजाय

चारा घोटाला काण्ड : लालुप्रसाद यादवलाई ५ वर्षको जेल सजाय
अ अ+ अ-

राँची । चारा घोटालामा दोरन्डा कोषबाट १३९ करोड ३५ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा दोषी ठहर भएका राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालुप्रसाद यादवलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

अदालतले पाँच वर्षको जेल सजायसँगै ६० लाख जरिवाना पनि तोकेको छ । अब लालुप्रसाद यादवका वकिल उच्च अदालत जानेछन् । त्यहाँ जमानत याचिका दायर गरिनेछ। लालुप्रसाद यादवले आधा सजाय भुक्तान गरिसकेका छन् ।

लालुप्रसाद यादवका वकिलले अदालतमा स्वास्थ्य खराब भएको बताएको बताएका थिए । हाल लालु यादव ७३ वर्षका छन् ।

लालु यादवबाहेक यस मामिलामा ३८ जना दोषीलाई पनि सोमबार भिडियो कन्फरेन्समार्फत विशेष सीबीआई अदालतले सजाय सुनाएको हो । फेब्रुअरी १५ मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को विशेष अदालतका न्यायाधीश एसके शशीले सबैलाई दोषी ठहर गर्दै सजायमाथि सुनुवाइका लागि फेब्रुअरी २१ को मिति तोकेका थिए ।

सीबीआई विशेष अभियोजक बीएमपी सिंहले आइतबार विशेष अदालतबाट शनिबार फेब्रुअरी १५ मा दोषी ठहरिएका ४१ अभियुक्तहरू मध्ये ३८ लाई भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित भएको बताएका थिए।

अन्य तीन जना दोषी फेब्रुअरी १५ मा हाजिर हुन नसकेकाले अदालतले तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको उनले बताए ।

सिंहले सजाय सुनाइएका ३८ जनामध्ये ३५ जना बिर्सा मुन्डा कारागारमा र लालुप्रसाद यादवसहित अन्य तीन दोषी स्वास्थ्यका कारण राजेन्द्र मेडिकल साइन्सेस (रिम्स) मा भर्ना रहेको जानकारी दिए । कारागार प्रशासनले ३८ जना दोषीलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा पेश गर्ने व्यवस्था मिलाएको सीबीआईका विशेष अभियोजकले बताए ।

उनले लालुप्रसादबाहेक डा केएम प्रसाद र यशवन्त सहाय रिम्समा भर्ती भएको बताए । बिरसा मुन्डा कारागारका सुपरिटेन्डेन्ट हमिद अख्तरले रिम्समा भर्ना भएका तीनै दोषीलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा उपस्थित गराउन ल्यापटपको व्यवस्था गरिएको बताए ।

सिंहका अनुसार अदालतले लालुप्रसाद यादवलाई भारतीय दण्ड संहिताको धारा ४०९, ४२०, ४६७, ४६८, ४७१, षड्यन्त्रसँग सम्बन्धित धारा १२०बी र भ्रष्टाचार निवारण ऐनको धारा १३(२) अन्तर्गत दोषी ठहर गरेको छ।

यस मामिलामा, सीबीआईले कुल १७० आरोपीविरुद्ध आरोपपत्र दायर गरेको थियो भने सेप्टेम्बर २६, २००५ मा १४८ आरोपीविरुद्ध आरोपहरू तय गरिएको थियो।

चारा घोटाला काण्डमा १४ वर्ष कैद सजाय पाएका लालुप्रसाद यादवसहित ९९ जनाविरुद्ध सबै पक्षको बहसपछि अदालतले जनवरी २९ मा फैसला सुरक्षित गरेको थियो । एजेन्सी