२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यकर्ताद्वारा शहरी विकास सचिवलाई घेराउ



अ+ अ-

दाङ । नेकपा (एमाले) का कार्यकर्ताहरुले दाङमा आएका शहरी विकास मन्त्रालयका सचिव डा रमेश सिंहसहितको टोलीलाई घेराउ गरेका छन् ।

निर्वाचनको मुखमा शहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेट्न आएपछि सचिवसहितको टोलीलाई एमाले कार्यकर्ताहरुले घेराउ गरेका हुन् । चौधरी दाङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ ।

एमाले कार्यकर्ताहरुले सचिव सिंहमाथि निर्वाचनमा मन्त्री चौधरीलाई सघाउन आएको आरोप लगाएका छन् । एमालेको युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले राति सचिव सिंहसहितको टोली बसेको होटलमा घेराउ गरेका हुन् । होटल घेराउ गरेपछि प्रहरीले राति साढे १ बजे नै कडा सुरक्षाका बीच मन्त्रालयका सचिवको टोलीलाई उद्धार गरेको थियो ।

सचिव सिंहसहितको टोली राति १ः३० बजे नै होटलबाटै बाहिरिएको थियो । एमाले कार्यकर्ताहरुले निर्वाचनमा मन्त्री चौधरीलाई जिताउन आर्थिक चलखेल गरेर मतदातालाई प्रभावित बनाउन खोजेको आरोप लगाएका छन् ।

तर मन्त्री चौधरीका स्वकिय सचिव नारायण शर्माले सचिव सिंह अवकाश हुन लागेकाले मन्त्रीसँग विदाइ हुन दाङमा भेट्न आएको बताएका छन् ।