२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदातालाई ओलीको अपिल:आफ्नै र छोराछोरीको भविष्यका लागि आफूलाई मतदान गर्न आग्रह -भिडियो सहित



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने भन्ने स्पष्ट निर्णय गर्ने बेला आएको बताउनु भएको छ ।

निर्वाचनको पूर्व सन्ध्यामा मतदातालाई भिडिओ सन्देशमार्फत ओलीले भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झिन आग्रह समेत गर्नुभएको छ ।

सन्देशमा ओलीले भन्नुभएको छ । अब स्पष्ट निर्णय लिने बेला आएको । अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने ? शेरबहादुर देउवाको हातमा कि मेरो हातमा ? त्यसैले भोट हाल्नुअघि दुई भविष्य सम्झिनुहोला,पहिलो आफ्नै भविष्य र दोस्रो छोराछोरीको भविष्य ।

ओलीको अपिलको पूर्ण पाठ

प्रिय मतादाता,
अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकी मंसिर ४ गते तपाईले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्नेछ ।
शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा रु
त्यसैले भोट हाल्नु अघि ‘दुई–भविष्य’लाई सम्झनु होला ।
पहिलो, तपाईको आफ्नै भविष्य र,
दोस्रो, तपाईको छोराछोरीको भविष्य १
प्रिय मतदाता,
म झुठो बोल्दिन, सत्य छोड्दिन ।
तपाईलाई थाहा छ, म पटक पटक मृत्युको मुखमा पुगेर फर्केको व्यक्ति हुँ ।
अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ । जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहिरहे मुलक बर्बाद हुनेछ । तपाई र तपाईका छोराछोरीको भविष्य समेत बर्बाद हुनेछ ।
त्यसैले आज म यस सन्देश मार्फत तपाईसँग भोट माग्दै छु ।
तर मैले मागेको भोट एमालेको जितका लागि होइन ।
म–
तपाई र तपाईको सन्तानको सुखको लागि,
राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा
र, पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि
भोट माग्दै छु ।
यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । त्यसैले,सूर्य चिन्हमा मतदान गर्नुहोस् ।
धन्यवाद !

https://www.facebook.com/newspolar/videos/539946094622164