२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदातालाई ओलीको अपिल:आफ्नै र छोराछोरीको भविष्यका लागि आफूलाई मतदान गर्न आग्रह -भिडियो सहित



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने भन्ने स्पष्ट निर्णय गर्ने बेला आएको बताउनु भएको छ ।

निर्वाचनको पूर्व सन्ध्यामा मतदातालाई भिडिओ सन्देशमार्फत ओलीले भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झिन आग्रह समेत गर्नुभएको छ ।

सन्देशमा ओलीले भन्नुभएको छ । अब स्पष्ट निर्णय लिने बेला आएको । अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने ? शेरबहादुर देउवाको हातमा कि मेरो हातमा ? त्यसैले भोट हाल्नुअघि दुई भविष्य सम्झिनुहोला,पहिलो आफ्नै भविष्य र दोस्रो छोराछोरीको भविष्य ।

ओलीको अपिलको पूर्ण पाठ

प्रिय मतादाता,
अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकी मंसिर ४ गते तपाईले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्नेछ ।
शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा रु
त्यसैले भोट हाल्नु अघि ‘दुई–भविष्य’लाई सम्झनु होला ।
पहिलो, तपाईको आफ्नै भविष्य र,
दोस्रो, तपाईको छोराछोरीको भविष्य १
प्रिय मतदाता,
म झुठो बोल्दिन, सत्य छोड्दिन ।
तपाईलाई थाहा छ, म पटक पटक मृत्युको मुखमा पुगेर फर्केको व्यक्ति हुँ ।
अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ । जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहिरहे मुलक बर्बाद हुनेछ । तपाई र तपाईका छोराछोरीको भविष्य समेत बर्बाद हुनेछ ।
त्यसैले आज म यस सन्देश मार्फत तपाईसँग भोट माग्दै छु ।
तर मैले मागेको भोट एमालेको जितका लागि होइन ।
म–
तपाई र तपाईको सन्तानको सुखको लागि,
राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा
र, पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि
भोट माग्दै छु ।
यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । त्यसैले,सूर्य चिन्हमा मतदान गर्नुहोस् ।
धन्यवाद !