२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियम नागरिकद्वारा बाल अनाथालयमा सहयोग



अ+ अ-

मङ्गलबारे । युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गर्नुभएको छ । बेल्जियमबाट नेपाल घुम्न आउनुभएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार (एक हजार युरो)सहयोग गर्नुभएको हो ।

इलाम नगपालिका-९ मा रहेको बाल अनाथालय पुस्कतकालय निर्माणमा सहयोग खर्च हुने उहाँको भनाइ छ । साथै क्विन इलाम पर्यटन प्रवद्र्धन समिति, गायक कविराज निरौला र राहशल अनाथालय सञ्चालक समितिको सहयोगमा अनाथालयका १६ जना बालबालिकालाई पर्यटकीय क्षेत्र कन्याम, अन्तु लगायतका ठाउँमा एकदिने भ्रमणसमेत गराउनु भएको छ ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणपश्चात् इलाम आउनुभएका उहाँको युट्युबमा १० हजार सस्क्राइबर भएको खुसियालीमा टेन्सले बालबालिकाका निम्ति सहयोग गरेको बताउनुभयो ।

पर्यटन सूचना केन्द्रको भ्रमणपछि इलामका विभिन्न पर्यटकीय क्षेत्र घुम्नुभएका टेन्सले क्विन इलामको सहयोगमा थप ठाउँहरूमा समेत भ्रमण गर्नुभएको थियो ।

इलाम सदरमुकाममा नजिक पर्यटकीयस्थलहरूको भ्रमण गर्नुभएका उहाँले सो क्षेत्रको प्रचारसमेत गर्ने बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थलबारे भिडियोमार्फत् प्रचारसमेत गरिरहनुभएको छ ।