२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदातालाई मतदान स्थलसम्म कसरी पुर्याउने भन्ने चुनौति छः प्रवक्ता महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको उम्मेद्वार नै नभएको स्थानमा निर्वाचन परिचालन चुनौतीपूर्ण रहेको बताउनु भयो ।

प्रवक्ता महतले मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट नहाल्ने समस्या गौण रहेको तर मतदातालाई मतदान स्थलसम्म कसरी पुर्याउने भन्ने चुनाति ठूलो रहेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले मतदातालाई सुरक्षित रुपमा मतदान स्थलसम्म पुर्याउने काममा पार्टीका संयन्त्र परिचालन गरेको बताउनु भयो । उहाँले नेकपा एमालेलाई भोट दिनुभन्दा गठबन्धनलाई नै भोट हाल्न आग्रह गर्नुभयो । प्रवक्ता महतले स्वतन्त्ररुपी अनेक रंगमा प्रकट भएका उम्मेदवारहरुलाई भन्दा गठबन्धनलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।

उहाँले गठबन्धनमा विभिन्न दलका उम्मेदवारहरुले उम्मेदवारी दिएको अवस्थामा परिचालनको कोणबाट दलको क्रियाशील नहुने खतरालाई समाधान गर्नेकुरामा पार्टी लागेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई लाग्छ, मुल समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट हाल्दैनन् भन्ने भन्दापनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदाताहरुलाई पु¥याउने चुनौतीपूर्ण काम हो । पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीलाई सामना गर्छौं भन्ने हामीलाई विश्वास छ ।

ल ठिक छ हाम्रो दलको उम्मेदवार छैन तर विपक्षी ओलीजीको नेतृत्वको उम्मेदवारलाई दिनुभन्दा या विभिन्न रुप, रंगमा त्यही प्रवृत्तिलाई सहयोग गर्ने, स्वतन्त्रका रंग, अनेक रंग, रुपमा प्रकट भएका छन् । प्रवृत्ति एउटै हो ।

तिनीहरुलाई दिनुभन्दा त हाम्रो पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरुलाई दिनु हामी सबैको लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न । खालि परिचालनको कोणबाट उम्मेदवारले वडा वडा पुगेर, परिचालित गरेर जुन जोड बल लगाउँछ नि, त्यसमा उम्मेदवार नहुँदा हाम्रो दलको नहुँदा हाम्रो दलको क्रियाशिल नहुने, अन्य दलको उम्मेदवार नहुँदा अन्य दलको क्रियाशील नहुने खतरालाई हामीले महशुस गरेर त्यसको यथेष्ट प्रवन्ध, परिचालित गरेर मतदाताहरुलाई पुर्याउने सम्पूर्ण कोशिस हामीले गरिराखेका छौँ ।’

आसन्न निर्वाचनमा दलहरुले आफ्नोआफ्नो जितको दाबी गरिरहेका छन् । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले चुनावको मुखमा एकअर्काप्रति आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।