५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा बढे पर्यटक



अ+ अ-

मनाङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ ।

अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका लेखापाल खुसी राउत कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङमा कात्तिकमा मात्र दुई हजार एक सय १६ विदेशी पर्यटक भित्रिएका छन् । पुरुष एक हजार दुई सय ६४ र महिला आठ सय ५२ जना रहेका छन् ।

विदेशी पर्यटक तिलिचो ताल, थोराङ्ला पास, मनास्लु हिमाल आरोहण लगायतका स्थानमा जाने गरेका छन् । “जिल्लामा यस सिजनको मध्यमा उच्च सङ्ख्यामा पर्यटकको आगमन भएको छ । यसले जिल्लाको आर्थिकस्तर वृद्धि गर्नेछ । पर्यटकको उल्लेख्य आगमनले मनाङवासीमा खुसीयालीका साथै उत्साह थपिदिएको छ”, कुर्मीले भन्नुभयो, “कात्तिकमा फ्रान्स, जर्मनी, युके, अमेरिका लगायतका देशबाट पर्यटक आएका छन् ।”

आयोजनाका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजको पहिलो सातासम्म तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएका थिए ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित पैदलयात्राको सुरुआत गर्दछन् ।