२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

“बेन्कार्डो”को बाथरूम वेयर एप सार्बजनिक



अ+ अ-

काठमाडौं । बाथरुम वेयरमा देशकै सबैभन्दा ठूलो च्यानल पार्टनर नेटवर्क रहेको ब्रान्ड बेन्कार्डोले बाथरूम वेयर एप सार्वजनिक गरेको छ ।

बाथरूम वेयर एपमा बजारमा उपलब्ध सबै उत्पादनहरू, नजिकै रहेका डिलरहरू, बिक्री सेवा र प्लम्बिंग सेवाहरू सजिलैसँग हेर्न सक्ने जनाईएको छ । बेन्काडाका अनुसार आफ्नो घरको समस्या, फोटो वा भिडियो अपलोड गरी ४८ घण्टा भित्र प्लम्बिङ सेवाहरू प्राप्त गर्न सक्ने जनाईएको छ । साथै एक पटक प्लम्बरले कार्य पूरा गरेपछि , दुबै उपभोक्ता र प्लम्बरले आफ्नो एपमा समस्या हल भएको जानकारी टिपाउन सक्नेछन् ।

बेकार्डोका मुख्य उत्पादनहरुमा सेनेटरी वेयर, फसेट, किचन सिंक र टाइलहरू रहेका छन् ।