२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बाबुका पिता एवं तेलुगु सिनेमाका सुपरस्टार कृष्णाको निधन



अ+ अ-

एजेन्सी । सन् १९७० र ८० को दशकका तेलुगु सिनेमाका सुपरस्टार शिव रामा कृष्णा घट्टमानेनीको आज बिहान निधन भएको छ ।

उनी तेलुगु स्टार महेश बाबुका पितासमेत हुन् । तेलुगु सिनेमामा उनलाई सुपरस्टार कृष्णाको नामले चिनिन्छ । करिब ३५० फिल्ममा अभिनय गरेका कृष्णा यसै वर्षको सेप्टेम्बरमा श्रीमती इन्दिराको निधनपछि डिप्रेसनमा थिए ।

हृदयघातका कारण आज बिहान ४ बजे उनको निधन भएको हो । उनलाई सास फेर्न गाह्रो भएको थियो, जसका कारण उनलाई १४ नोभेम्बरमा हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना समेत गरिएको थियो । उनको निधनले सिंगो सिनेमा शोकमग्न भएको छ ।

महेश बाबुका पिता कृष्णाले ३५० फिल्ममा अभिनय गरेका थिए । उनी आफ्नो समयका शीर्ष कलाकार मध्येका एक थिए । उनी अभिनेता, निर्माता, निर्देशकका अलावा राजनीतिज्ञ पनि थिए ।

यससँगै उनलाई सन् २००९ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो । मिडिया रिपोर्टका अनुसार कृष्ण आफ्नी श्रीमतीको मृत्युपछि डिप्रेसनसँग लडिरहेका थिए ।

कृष्णाको बारेमा कुरा गर्दै अस्पतालका चिकित्सकले भने, ‘उहाँलाई मंसिर १५ गते बिहान १ बजे आकस्मिक विभागमा ल्याइएको थियो र त्यसपछि हृदयघातका कारण उहाँको मृत्यु भएको हो । उहाँको अवस्था चिन्ताजनक रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।’

महेश बाबुका बुबा कृष्णा एक प्रसिद्ध तेलुगु अभिनेता थिए । उनका ३ छोरी, महेश बाबु र जेठा छोरा रमेश बाबु थिए । रमेश बाबुको पनि लामो समयदेखि कलेजोको रोगले यस वर्ष जनवरीमा निधन भएको थियो ।