५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैदल यात्रा कार्यक्रममा ओली सहभागी, नागरिकले गरे स्वागत– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन् ।

मंगलवार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बन्नुभएको हो ।

चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गर्नुभएको हो । उनीहरुले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन् ।

पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बन्नुभएको थियो । पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरुको सहभागिता रहनेछ ।

पैदल यात्रा कार्यक्रममा एमाले उम्मेदवारहरुले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई बहुमतले जिताउने विश्वास व्यक्त गर्नुभयो । पैदल यात्राका क्रममा अध्यक्ष ओली र उहाँकी धर्मपत्नी शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए ।

निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने चुनावी प्रचारप्रसार तिब्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा ब्यस्त छन् ।