९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरूले मंसिरमा ब्याजदर नघटाउने



अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरुले मंसिर महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

बैठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल/माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको छ ।

संघका अनुसार मुख्य आर्थिक सूचकहरु र मुद्रास्फीति पहिलेकै ठाउँमा छ । बैठकमा मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल/माथि गर्न सकिनेबारे छलफल भएको तर कुनै औपचारिक सहमति नभएको बताइएको छ ।

वाणिज्य बैंकहरुले भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्यूनतम ६.०३ देखि अधिकतम ९।०३ प्रतिशत ब्याजदर कायम गरेका थिए ।

असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.९३३ प्रतिशतसमम पुगेको छ ।