१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातदोबाटोसँग हारेपछि ब्रिगेड रेलिगेसनमा



अ+ अ-

काठमाडौं । ब्रिगेड ब्वाइज क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ ।

सोमबार भएको खेलमा नव प्रवेशी सातदोबाटो युथ क्लबसँग  ३ २ गोलले पराजित भएसँगै ब्रिगेड रेलिगेशनमा परेको हो । 

ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन खेलको १३ औं मिनेटमा सुशील राई, १८ औं मिनेटमा दिपक राज सिंह ठकुरी र  ८७ औं मिनेटमा निरज चौधरीले गोल गरे ।

यता, ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउले १६ औं मिनेटमा  र रोशन राना मगरले ५१ औं मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । 

हारसँगै १२ खेलमा ७ अंक जोडेको ब्रिगेड पुछारबाट दोस्रो स्थानमा रहेको छ भने १२ खेलमा १८ अंक जोडेको सातदोबाटो पाँचौ स्थानमा उक्लिएको छ ।