२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहिले सहज हुन्छ आउँदा हुन्छ, सधैँ स्वागत छ : ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी गतिहिन नहुने बताएका छन् । मंगलवार राति एक ट्वीट गर्दै पोखरेलले पार्टी आफ्नै गतिका साथ अगाडि बढ्ने भन्दै यसमा सामेल भएर योगदान गर्न आउनेलाई स्वागत रहेको समेत बताएका छन् । 

उनले भनेका छन्,'पार्टी गतिहीन भएर रहन सक्तैन । आफ्नै गतिका साथ  अगाडि बढ्छ, बढिरहन्छ ! यसको गतिमा सामेल भएर योगदान गर्न आउनुहुने  सबै साथीहरूलाई स्वागत छ ! जहिले सहज हुन्छ-आउँदा हुन्छ , सँधै स्वागत छ ! तर जुनसुकै कारणले पार्टीलाई गतिहीन बनाइरहने प्रयत्नलाई स्वीकार्न सकिन्न !'