१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय जोडिएका जुम्ल्याहाले कालो चस्मा लगाएर गोपनीयताका लागि मतदान गरे



अ+ अ-

अमृतसर (भारत) । उत्तरी भारतमा पहिलो पटक मतदान गर्दा अर्कोले कसलाई भोट दिएको देख्न नपरोस् भनेर जोडिएका जुम्ल्याहा एक जोडीले कालो चश्मा लगाएर मतदान गरेका छन् । 

सोहन र मोहन सिंह (१९) कम्मरमा जोडिएका छन् र धेरै अङ्ग र खुट्टा साझा गर्छन्। उनीहरु जन्मँदै परिवारबाट परत्यक्त भएकाले परोपकारी घरमा बस्छन् ।

रङ्गीन चेक गरिएको शर्ट र मिल्दो कालो पगडी लगाएका यी जुम्ल्याहाले पञ्जाबको राज्य चुनावमा आइतबार मतदान गरे।

“मलाई साँच्चै राम्रो लाग्यो। तिनीहरूले हामीलाई भोट गर्न राम्रो व्यवस्था गरे”, सोहनले अमृतसरबाट सोमबार एएफपीलाई भने, “हामीलाई कालो चस्मा दिइयो ता कि हामीले मतदान केन्द्रभित्र कसलाई भोट दियौँ भनेर देख्न नसकौँ।”

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रि मुलुक भारतले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न गोप्य मतदान प्रणालीलाई अङ्गीकार गरेको छ । भारतमा १८ वर्षभन्दा माथिका सबै नागरिकहरूले मतदान गर्न योग्य छन्।

छुट्टाछुट्टै चुनावी कार्ड जारी गरिएका दुवैलाई मतदान केन्द्रबाट निस्कँदा अधिकारीहरूले माला लगाएर प्रमाणपत्र दिएका थिए।

सिंह दाजुभाइ राज्य विद्युत् विभागमा काम गर्छन् तर एक जनाको मात्र तलब बुझ्छन् । 

सोहनका अनुसार उनीहरु मध्ये एकको मृत्यु हुने जोखिम भएकाले उनीहरुलाई अलग गर्न शल्यक्रियाको विकल्प रोजेनन् । “कुनै विकल्प छैन। म उसलाई गुमाउन सक्दिन”, उनले भने।

पञ्जाबमा नयाँ विधानसभाका लागि मतदान भइरहेको छ।