२८ भाद्र २०८३, आईतवार
,
Latest
लिङदेनको दाबी : ‘जेन–जी’ विद्रोहपछि आशा होइन, अनिश्चितता बढ्यो बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यहरुको बैठक बस्ने भउको हो । 

कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ । आजको बैठकले त्यसलाई अन्तिम रूप दिने प्रयास हुने कार्यदलका सदस्य मिनेन्द्र रिजालले जानकारी दिए ।  

कार्यदलका सदस्य रमेश लेखकले प्रारम्भिक प्रतिवेदनमा कोभिड– १९को नियन्त्रण, राष्ट्रिय हित, संविधान संशोधन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय समेटिएको बताए ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा बसेर काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवले काम गरिरहेका छन् ।