• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

नेपाल युएईसँग ८४ रनले पराजित



काठमाडौँ । तीन एक दिवसीय श्रृंखला अन्तर्गत पाहुना टोली युएईसँगको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा युएईले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरको समाप्तिमा नौ विकेट गुमाएर मात्र १ सय ७९ रन जोड्न सक्यो । रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको नेपालले जवाफी ब्याटिङ गर्ने क्रममा ओपनर अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । ओपनर अर्जुन साउदले ७९ बल खेल्दा ५ चौकाको सहयोगमा ५१ रन जोड्ने क्रममा पवेलियन फर्किन पुगेका थिए ।

चौथो विकेटको जाँदा स्कोरकार्डमा मात्र ४१ रन जोडेको नेपालले ५ विकेट जाँदा अर्जुनलाई गुमाउन पुगेको थियो । यस्तै ८४ बलको सामना गरेका दीपेन्द्रले ५४ रन जोड्दा ६ चौका प्रहार गरेका थिए । यस बाहेक अर्का ओपनर आसिफ शेखले १२ रन जोड्दा गुल्सन झा १९ रनमा अविजित रहे । यस्तै डेब्युटेन्ट हरिशंकर साह ८ रनमा पवेलियन फर्किए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका आयन अफ्जल खानले सर्वाधिक ४ विकेट लिए । बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले रोहन मुस्ताफाको अर्धशतकको सहयोगमा नेपालामु जितका लागि २ सय ६३ रन बनाएको थियो । युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाउँदा मुस्ताफाले अर्धशतकीय पारी खेलेका हुन् ।

७७–२ को स्थितीमा ब्याटिङका लागि आएका मुस्ताफाले ७३ बलमा ७ चौकाको मद्दतमा ५३ रन बनाए । त्यस्तै ओपनर अरविन्दले ४० रन बनाए । अरविन्दले पहिलो विकेटका लागि अर्का ओपनर मुहामेद वासिमसँग ७५ रनको साझेदारी गरेका थिए । वासिमले ४१ कलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन जोडे । बलिङतर्फ नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

नेपाल डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमणमा जाँदैछ । त्यसैले युएईबिरुद्धको श्रृंखलालाई नेपालले अभ्यासको रुपमा लिएको छ । तीन एक दिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ ।