• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने ★   बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु ★   नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रन जोडेर आउट ★   अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य ★   बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार ★   बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै ★   सागर एक्लैले लिए तीन विकेट ★   सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार: राष्ट्रपति

निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुन्छः प्रवक्ता महत



काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दावी गर्नु भएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । प्रवक्ता महतले निर्वाचन पछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्याउनु भयो ।

उहाँले भन्नु भयो, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ । हाम्रो प्रचार अभियान देशभर जारी छ ।’

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उहाँको भनाई थियो । अहिले पनि उहाँ बोलिरहनु भएको छ ।