५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड



अ+ अ-

गलकोट । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याडको व्यवस्था गरिएको छ । महिला सुरक्षाकर्मीलाई निर्वाचनमा उच्च मनोबलका साथ खटाउन र स्वास्थ्य सजकता अपनाउनका लागि प्याड वितरण गरिएको हो ।

निर्वाचनमा खटिएमा महिला सुरक्षाकर्मीलाई लक्षित गरी एक÷एक थान स्यानीटरी प्याड र प्रत्येक मदतानस्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बागलुङमा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था र नर्वदा टेड्रसको सहयोग तथा जिल्ला प्रहरी कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को संयोजनमा जिल्लामा निर्वाचनको सुरक्षामा खटिएका ६७ महिला प्रहरी र दुई सय ६१ म्यादी महिला प्रहरीलाई एक÷एक थान स्यानीटरी प्याड वितरण गरिएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई प्राथमिक उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीसमेत सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

“हेर्दा सानो कुरा होला तर यो निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि निकै राम्रो काम हो, गाउँ–गाउँमा खटिएका महिला प्रहरीलाई सुरक्षामा खटिएकै समयमा महिनावारी भएको खण्डमा यो सहयोगले ठूलो राहत गर्नेछ”, ज्ञवालीले भन्नुभयो “महिलाको स्वास्थ्यमा सजकता अपनाउँदै सुरक्षालाई चुस्त बनाउन सबैको सहयोग आवश्यक हुन्छ, निर्वाचनमा खटिएका प्रहरीको मनोबल उच्च राख्न यस्ता कार्यक्रमले महत्व राखेको हुन्छ ।”

जिल्लाका सबै निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि तीन सय थान स्यानीटरी प्याड वितरण गरिएको छ भने सबै मतदानस्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत स्यानीटरी प्याड वितरणमा प्रहरी कार्यालयसँग मिलेर सहकार्य गरेको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले बताउनुभयो ।