२८ भाद्र २०८३, आईतवार
,
Latest
लिङदेनको दाबी : ‘जेन–जी’ विद्रोहपछि आशा होइन, अनिश्चितता बढ्यो बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालले नयाँ पार्टी घोषणा गर्ने बास्कोटाको दावि



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले आज नयाँ पार्टी घोषण गर्ने नेता गोकुल बाँस्कोटाले दाबी गरेका छन् । नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने बाँस्कोटाले दावी गरेको हुन् । 

नेपाल समूहको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएपनि विविध कारणले बैठक स्गथित भएको हो । 

बास्कोटाले मंगलबार साँझ ट्वीटरमा लेख्नुभएको छ– ‘क्वलीटीमा भोली माधव कम्रेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाउनुभएको थियो । यस्तै नेपाल निकट जीवन राईले चुनाव चिन्ह कलम राखी नेकपा(एकीकृत) नामक दल दर्ता गराउनु भएको छ ।