२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालले नयाँ पार्टी घोषणा गर्ने बास्कोटाको दावि



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले आज नयाँ पार्टी घोषण गर्ने नेता गोकुल बाँस्कोटाले दाबी गरेका छन् । नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने बाँस्कोटाले दावी गरेको हुन् । 

नेपाल समूहको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएपनि विविध कारणले बैठक स्गथित भएको हो । 

बास्कोटाले मंगलबार साँझ ट्वीटरमा लेख्नुभएको छ– ‘क्वलीटीमा भोली माधव कम्रेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाउनुभएको थियो । यस्तै नेपाल निकट जीवन राईले चुनाव चिन्ह कलम राखी नेकपा(एकीकृत) नामक दल दर्ता गराउनु भएको छ ।