• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत ★   डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा ★   महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक ★   जापानी विदेशमन्त्री खामिखावा: वसन्तपुर क्षेत्रको अवलोकन– तस्बिरहरु ★   चिसो मौसममा भिक्षु विद्यार्थीलाई ज्याकेटले दिएको खुसी ★   सन्दीपको मुद्दामा जेठ १ गते पेशी ★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ?

चुनावपछि अर्को गठबन्धन बन्दैन, अहिलेकै गठबन्धनलाई २० वर्षसम्म निरन्तर लगिनेछः प्रचण्ड



लमजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तर लगिने बताएका छन् ।

लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कतिपयले चुनावपछि गठबन्धन के हुन्छ ? नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै कम्तिमा १५/२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताएका हुन् ।

उनले भने, ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन । कतिपयले भन्छन् चुनावपछि अर्कै हुन्छन् कि भनेर । त्यस्तो हुँदैन । उपलब्धिमाथि खतरा रहेसम्म दशरपन्ध्र, बीस वर्षसम्म जाओस् । अब अर्को प्रयोग हुँदैन ।’

प्रचण्डले पछि के गर्छ भनेर कतिपयले शंका गर्ने गरेको जनाउँदै भने, ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु । अब त्यो ज्ञान यताउता हुनेवाला छैन । यही गठबन्धनलाई लिएर जाने हो ।’

उनले आफू र नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावी सभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी समेत गरे ।