२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा नौ जनालाई स्पष्टीकरण



अ+ अ-

नेपालगञ्ज । बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ ।

आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, बागेश्वर चौलागाईंसहित राप्रपा नेपाल, सद्भावना पार्टी र जसपाका उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरणपछि ब्यानर हटाएको र जसपाका उम्मेदवारलाई तोकिएको भन्दाबढी प्रचार कार्यालय खोलिएकामा बढी भएका प्रचार कार्यालय हटाएको अधिकारीले बताउनुभयो ।

नेपालगञ्ज वडा नं २० का वडाध्यक्ष कौशलकुमार धोबीले वडावासीलाई चामल बाँडेका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको र सो सम्बन्धमा पनि स्पष्टीकरण सोधिएको उल्लेख गर्नुभयो ।

वडा कार्यालयले पहिले भएको निर्णयअनुसार चामल बाँडेको र कसैलाई प्रभाव पार्नेगरी चामल नबाँडेको स्पष्टीकरण दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा ब्यानरको विषयमा चार दल, स्वतन्त्र उम्मेदवार दुई, गैरसरकारी संस्था एक र २० नं वडाका वडाध्यक्ष एक लगायतबाट आचारसंहिता उल्लङ्घन भएको अधिकारीले बताउनुभयो ।

जसपालाई प्रचार सामग्री र प्रचार कार्यालय बढी राखेको दुई स्पष्टीरण सोधिएको थियो । आचारसंहिता उल्लङ्घनमा कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेलाई सचेत गराइएकोसमेत उहाँले बताउनुभयो । अधिकारीले मतदातालाई प्रभाव पार्नेगरी विकासका काम नगर्न आग्रह गर्दै त्यस्तो पाइए कारवाही हुने चेतावनी दिनुभयो ।