२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

एउटा खोपका लागि वृद्ध राईको सङ्घर्ष

एउटा खोपका लागि वृद्ध राईको सङ्घर्ष
अ अ+ अ-

फिदिम । कोभिड–१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल खोप लगाउने अभियान चलिसक्यो । यस क्रममा ६० वर्षका नागरिकदेखि कर्मचारी, जनप्रतिनिधि लगायतले यो खोप पाए तर कतिपयले खोप लगाउन वास्ता गरेनन् । कसैले अफवाहका पछि लागेर खोप लगाउन मानेनन् । कतिपयले खोप लगाउन पाउने कुराको जानकारी नै पाएनन् । 

कोभिड–१९ को पहिलो लहरले पाँचथरको ग्रामीण जनजीवनमा ठूलो प्रभाव पारेन । गाउँमा निकै न्यून सङ्क्रमित हुनाले जनजीवन सहज र नियमित गतिमै अगाडि बढ्यो । दोस्रो लहरको प्रभाव भने निकै गहिरो भयो । तीन हजार ३०० भन्दा बढी जिल्लावासी दोस्रो लहरबाट सङ्क्रमित भइसक्दा गाउँ–बस्तीहरुको धारणा बदलिएको छ । गाउँभरि मान्छेहरु बिरामी पर्ने, सामान्य औषधिसमेत नपाइने र कोभिड–१९ सङ्क्रमणको महामारीले आतङ्कको स्वरूप लिएपछि मानिसहरु थोरै भए पनि सचेत हुनेतर्फ लागे ।

दोस्रो लहरले ल्याएको आतङ्कले आम मानिसमा कोभिड–१९ विरुद्धको खोप लगाउनै पर्ने रहेछ भन्ने सन्देश दियो । त्यही कारण खोप केन्द्रहरुमा मानिसहरुको भीड लाग्न थाल्यो । गएको शनिबारदेखि मङ्गलबारसम्म चलाइएको भेरोसेल खोप दिने अभियानमा ठूलै भीडभाड देखिए तर यही भीडभित्र बेथितिसँग मौन आन्दोलन गर्दै गर्दा भेटिनुभयो ७७ वर्षीय रामकुमार राई । धेरै टाढा त होइन, फिदिम नगरपालिका–१ दुमाका रामकुमारले ‘खोप लगाए कोरोना लागिहाले पनि धेरै गाह्रो पर्दैन’ भन्ने सुन्नुभएको रहेछ । 

सोमबार दिउँसो करिब २ बजे स्वास्थ्य कार्यालय पाँचथरमा खोप लगाउँदै गरेको स्थान छेउ अन्य ज्येष्ठ नागरिकसँग भेटिनुभयो उहाँ । बिहान ११ बजेतिर खोप केन्द्र आई नागरिकताको प्रमाणपत्र बुझाउनुभएका राईले समयमै खोप पाइएला र लगाउँला भन्ने सोच्नुभएको रहेछ तर पालो नआएपछि कतै पालो आइहाल्ला कि भनेर ८७ वर्षीय छिमेकी श्रीभक्त राईसँगै उहाँ कहिले खोप लगाएको ठाउँ पुग्नुभयो त कहिले खोप कार्ड वितरण भइरहेको स्वास्थ्य कार्यालयको ढोकाअघि ।

“अघि ११–१२ बजेतिर आएको थिएँ । नागरिकता पनि बुझाएको छु । पानी पर्न आँटिसक्यो । हाम्रो पालो आउँदैन रे रु”, यहाँ आउनुभएको कति समय भो भन्ने प्रश्नमाथि प्रतिप्रश्न गर्दै राईले भन्नुभयो, “अहिले आउँदै गरेको मान्छेहरु सुई हानेर गइसके । हाम्रो पालो किन आएन रु बुझिदिनुस् न ।” 

पानी झर्नै आँटे जसरी आकाशमा बादल मडारिरहेको थियो । स्वास्थ्य कार्यालय परिसरमा ठेलमठेल गर्दै मानिसहरु खोप लगाउने अवसर खोजिरहेका थिए तर डाँडाको घामजस्तो उमेरका राईलाई पानीबाट जोगिएर कसरी सुरक्षितरूपमा घर पुग्नु भन्ने चिन्ता थियो । पानी परिरहने, घर जाने बाटोमा छेउभित्ता खसिरहने डरले राईको मन घरैमा पुगिसकेको थियो । उहाँ घरी घर हिँडिहाल्न खोजेर स्वास्थ्य कार्यालयको गेटमा पुग्नुहुन्थ्यो त घरी भीडको पछिल्तिर आएर नाम आइहाल्ला कि भनेर सुन्नुहुन्थ्यो तर ११ बजेदेखि ३ः४५ बजेसम्म बस्दासमेत उहाँको पालो आएन । 

हुन् त उहाँको पालो आओस् पनि कसरी रु उहाँको नाम कागजमा टिपेर सुटुक्क भित्र पु¥याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने कोही थिएन । उहाँले चिनेको न ठूलो मान्छे थियो, न ठूलाहरुले उहाँलाई नै चिन्थे । चाउरी परे पनि उज्यालो अनुहार भएको, कपाल ढाकेर ढाका टोपी लगाएको, मुख छोपेर मास्क लगाएको, दौरा सुरुवाल र इस्टकोट लगाएको, एक हातमा पाइप र बाँस जोडेर बनाएको लौरो टेकेको, अर्को हातले छाता च्यापेको, प्लाष्टिकको जुत्ता लगाएको खोपको एक असली हकदारलाई चिन्न न त्यहाँ जनप्रतिनिधि थिए, न कर्मचारी । गर्मी र भीडले निस्सासिएर ड्युटी गरिरहेका प्रहरीले त्यस्तो ख्याल गर्न सक्ने अवस्था थिएन । अरूलाई त कसरी आफन्त, घरपरिवार, पार्टी र गुटका मान्छेलाई खोप दिने भन्ने चिन्ता थियो । 

सुरुमा बूढापाकाले खोप पाउने हो भन्ने सुन्नुभएका उहाँ सबै आशा मरेपछि “नागरिकता फिर्ता पाइयो भने घर लाग्छु” भन्दै स्वास्थ्य कार्यालयको ढोकाअघि भुईंमा बस्नु भयो । उहाँसँगै थिए श्रीभक्त राई, श्रीभक्तकी श्रीमती, फिदिम–४ का पदमबहादुर चौहानलगायत आठ–दशजना ज्येष्ठ नागरिक ।

स्वास्थ्य कार्यालयभित्र खोपको प्रपञ्च गरिरहेका स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु तथा खोपको प्रबन्धका लागि बसेकाहरुले खोप सकियो भन्ने सन्देश बाहिर पठाए । त्यही बेला ढोकामा ज्येष्ठ नागरिकहरु ‘सानो मुख’ गरेर बसिरहेका थिए । उनीहरु न अरू जस्तो उफ्रिन र जोरजबर्जस्ती गर्न सक्थे, न त पहुँचवालासम्म पुग्न नै । ‘निरीह’ ज्येष्ठ नागरिकहरुसँग मौन आन्दोलन गर्नुको विकल्प थिएन । 

खोप सकियो भन्ने सुनेपछि रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरु नागरिकताको प्रमाणपत्र फिर्ता खोज्दै हुनुहुन्थ्यो । यत्तिकैमा फिदिमका युवाहरुको समूहले आपत्ति जनायो । “घण्टौँदेखि ढोकामा बसेका बा–आमालाई कसरी खोप दिँदैनौ हेरौँ त १” बाहिर आवाज उठ्यो । न मापदण्ड र उमेर समूह नै । पहुँचका आधारमा खोप वितरण गर्नेहरुका पसिना अब भने छुटे । हस्याङफस्याङ रामकुमार, श्रीभक्त, पदमबहादुरसहितका ज्येष्ठ नागरिकहरुलाई खोप दिइयो । अब त ज्येष्ठ नागरिकहरुले न पालो पर्खनु पर्यो, न लाइन नै लाग्नु । 

“बाबु अन्तिममै भए पनि सुई लगाउन पाएँ”, खोप लगाएपछि रामकुमारले भन्नुभयो, “पानी झर्न लाग्यो । हामी चाहिँँ लाग्यौँ है ।” 

सरकारले ५५ वर्ष माथिका सबै नागरिकलाई भेरोसेलको खोप उपलब्ध गराउने निर्णय गरेअनुसार रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरुले सहजै खोप पाउनुपर्ने हो तर जिल्लाको सदरमुकाम भएको वडाकै एक वृद्धले पाँच घण्टा कुरेपछि अरूले आवाज उठाइदिँदा बल्लतल्ल खोप पाउँछन् भने दूरदराजका सामान्य नागरिकहरुले कसरी सहजै खोप पाउलान् रु उनीहरुलाई कसले सही सन्देश पुर्याइदेला रु अरू विशेष प्रकारका स्वास्थ्य सेवाहरुको पहुँचमा यस्ता ज्येष्ठ नागरिकहरु कहिले पुग्लान् रु खोप कुरिरहेकाहरुका प्रश्न थिए । रासस