२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण

सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण
अ अ+ अ-

भक्तपुर । कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो । 

नगरपालिकाका प्रमुख वासुदेव थापाले निर्माण सम्पन्न भएको भवन र अस्पतालका लागि जडान भइरहेको विभिन्न प्राविधिक सामानहरुको अवस्थाका बारेमा अनुगमन गर्नुभएको छ । उहाँले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसियू तथा भेन्टिलेटर कक्ष, ओपीडी, जनरल वार्ड, अक्सिजन प्लान्टलगायत संरचनाको निर्माणको अवस्थाको अवलोकन गर्दै जतिसक्दो छिटो काम सक्न निर्देशन दिनुभयो । 

नगर प्रमुख थापाले भन्नुभयो, “नगरपालिकाको रु पाँच करोडको लागतमा अस्पतालको भवन निर्माण भएर सञ्चालनको तयारीमा जुटेका छौँ, अस्पताल जतिसक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक मेशिनहरुको बोलपत्र आह्वान भएको छ, मेशिनहरु आएर जडान भएर अक्सिजन प्लान्ट स्थापना गरी उत्पादन सुरु लगत्तै अस्पतालको सेवा सञ्चालनमा ल्याउँछौँ ।”

आगामी असोज १ गते अस्पताल उद्घाटन गरेर सेवा सञ्चालन गरी सेवा पुनः सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो । अस्पतालमा आईसीयू, एचडीयू, भेन्टिलेटर र जनरल वार्ड गरी सुरुमा २५ शय्या सञ्चालन गर्ने र कोरोनालगायत अन्य बिरामी सङ्ख्या बढेमा सरकारसँग स्वीकृति लिई ५० शय्या पुर्याउने गरी तयारी गरिएको नगर प्रमुख थापाले बताउनुभयो । उहाँले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको र आफ्नो इच्छा साकार भएको बताउनुभयो । 
सूर्यविनायक–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले अस्पतालमा सांसद महेश बस्नेतको सांसद विकास कोष र नगरपालिकाको बजेटमा अस्पताल निर्माण भएको बताउनुभयो । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद बस्नेतको पहलमा सरकारले रु ७५ लाख बजेटको व्यवस्था गरेको जानकारी दिँदै सापकोटाले यस अस्पताललाई आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि सांसद बस्नेतले रु एक करोड ५० लाख बजेटको व्यवस्था गरेको बताउनुभयो । 

अस्पतालको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नवीन प्रजापतिले भवन निर्माणलगायतको भौतिक निर्माण सम्पन्न भएको बताउँदै थप भवन निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभयो । नगरपालिकाले अहिले पनि वडा नं ५ दधिकोटमा १० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिरहेको छ । जगातीमा अस्पताल सञ्चालनमा आएपछि दधिकोटको अस्पताललाई पनि यहीँ विलय गरेर दधिकोटमा स्वास्थ्य चौकी कायम गरिने भएको छ ।