२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले चाहेमा स्वास्थ्यमन्त्री बन्न तयार छुः गगन थापा



अ+ अ-

चितवन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताउनुभएको छ । 

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो,‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ, प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्नुपर्छ ।’

अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको उहाँको भनाई छ । 

यस्तै उहाँले सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २-३ दिनभित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । 

सदस्यता विवाद सुल्झाउन जिम्मेवारी पाएका पदाधिकारीले समयमै सम्पन्न नगर्दा कार्यतालिका प्रभावित बनेको थापाको आरोप छ ।