• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

रचना रिमाल र सोनुको युगल आवाजमा तीज गीत “रेलको चाबी” सार्वजनिक (भिडियोसहित)



काठमाडौं । नेपाली हिन्दुहरुको महान पर्व हरितालीका तीजलाई लक्षित गर्दै गायक प्रेम सापकोटा 'सोनु' र गायिका रचना रिमालको 'रेलको चाबी' बोलको गित सार्वजनिका भएको छ । पछिल्ला केहि वर्षमा आफ्ना तीज गीत मार्फत दर्शक स्रोताको मनमा बस्न सफल गायक हुन प्रेम सापकोटा 'सोनु' । त्यस्तै गायिका रचना रिमाल पनि पछिल्लो समय निकै चर्चामा रहेकी गायिका हुन् ।

उक्त 'रेलको चाबी' बोलको गितको शब्द र संगित गायक प्रेम सापकोटा 'सोनु' आफैको रहेको छ । गीतलाई अहिलेका चर्चित निर्देशक स्मृती तिमल्सिना ‘गुरुआमा’ निर्देशन गरेकी छन भने सम्पादन प्रकाश धमलाको रहेको गीत आरती मिडिया प्रालीले बजार व्यवस्थापन गरेको छ ।

गितको म्युजिक भिडियोमा कलाकार अन्जली अधिकारी र विजय पुनको दमदार अभिनय रहेको छ । म्यजिक भिडियो युट्युब च्यानल प्रेम सापकोटा सोनु आफैको च्यानल मार्फत सार्वजनिक गरिएको छ ।