२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै



अ+ अ-

काठमाडौं । बुधबार दिउँसो नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने स्रोतले बताएको छ । 

क्रियाशील सदस्यता छानविन समिलते सहमति गर्न नसकेका क्षेत्रको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारी बैठकले शीर्ष तीन नेतालाई दिएको थियो ।

मंगलबार नै समयसीमा सकिएको छ भने शीर्ष नेताहरुबीच सदस्यता विवादको मापदण्डमै सहमति जुट्न सकेको छैन ।