२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु: मुख्यमन्त्री पौडेल

सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु: मुख्यमन्त्री पौडेल
file
अ अ+ अ-

सिन्धुली । जिल्लाको ऐतिहासिकस्थल सिन्धुलीगढीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गर्नुभएको छ । आज सिन्धुलीगढी पुग्नुभएका पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन रानी दरबारको अवलोकन गर्नुभएको हो ।

सरकारले इतिहासलाई जिउँदो राख्न लगानी गरेको जनाउँदै उहाँले युद्ध सङ्ग्राहलयको निर्माणले जिल्लाको विकासमा टेवा पु¥याउने बताउनुभयो । ऐतिहासिक महत्व बोकेका स्थलको संरक्षण र प्रचारप्रसार गर्न सके यस्ता स्थलमा पर्यटनको माध्यमबाट जिल्लाको आयस्तर वृद्धि हुने उहाँको भनाइ थियो ।

राज्यले विगतको इतिहासलाई जीवन्त दिन लगानी गरेर बनाएको युद्ध सङ्ग्राहलयको सुरक्षाका दृष्टिले सिन्धुलीगढीको सुरक्षाका लागि प्रहरीको युनिट आवश्यकता रहेको जनाउँदै मुख्यमन्त्री पौडेलले आफू हेटौंडा गएलगत्तै प्रहरी युनिटको व्यवस्थापन सवालमा काम गर्ने बताउनुभयो ।

युद्ध सङ्ग्राहलय र रानी दरबारको निर्माणले सिन्धुली पर्यटनका लागि गन्तव्यका रूपमा विकास भएको उल्लेख गर्दै उहाँले यस्तो इतिहासलाई प्रचारप्रसार गर्नसमेत निर्देशन दिनुभयो । सिन्धुलीगढी परिसरमा पुनःनिर्माण भइरहेको रानी दरबारको निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले प्राप्त बजेटको अधिकतम प्रयोग गरी गुणस्तरीय संरचना निर्माण गर्न आग्रह गर्नुभयो ।

सिन्धुलीगढीमा युद्ध सङ्ग्राहलय निर्माण र रानी दरबारको निर्माणपछि जिल्लाको ठूलो आम्दानीको स्रोत बन्ने जनाउँदै उहाँले प्रचारप्रसारमा जोड दिन आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेललाई कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले युद्ध सङ्ग्राहलय, रानी दरबार र सिन्धुलीगढीको विकासमा नगरको आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

सिन्धुलीगढीको संरक्षण र प्रचारप्रसारमा नगरपालिका लागिरहेको जनाउँदै उहाँले व्यवस्थापकीय काम नगरले गर्ने बताउनुभयो । सोही अवसरमा उपप्रमुख देवकोटाले नगरका विभिन्न स्थानमा रहेका खोलाले कटान गरेको र नदी नियन्त्रण, पहिरो व्यवस्थापनलगायत विपद्जन्य घटनाको रोकथाम तथा क्षति न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।