• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवक प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’ ★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो

जो मैदानमा बाहिर आएको बल दौडिएर समात्थे, त्यही मैदानमा १४ वर्षपछि कप्तानी



एजेन्सी । सन् २००७ अक्टोबरमा, पाकिस्तान र दक्षिण अफ्रिकाको टोली लाहोरको गद्दाफी स्टेडियममा भिड्दै थिए । बल बाउन्ड्री लाइन बाहिर आउनेबित्तिकै १३ वर्षको बालक हतारमा त्यसतर्फ दौडिने र सबैभन्दा पहिले समात्ने गर्दथ्यो ।

उनमा ठूलो जोश र जाँगर थियो । घर फर्किएपछि बच्चा राती सुत्न सकेनन् । मोहम्मद युसुफ र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई रातभर सपनामा खेलिरहेको देख्थे उनी । त्यसपछि यो बच्चा को हो भनेर कसैलाई थाहा भएन ।

१४ वर्षपछि अर्थात फेब्रुअरी २०२१ मा त्यही ठाउँ गद्दाफी स्टेडियम । फेरि एकपटक पाकिस्तान र दक्षिण अफ्रिका आमनेसामने भए । यसपटक भने त्यो बालक बाउन्ड्री लाइनभन्दा बाहिर नभई स्लिपमा उभिएर फिल्डिङ सजाउँदै पाकिस्तानी टोलीको नेतृत्व गरिरहेको थियो । उनी हुन् बाबर आजम । एक द्रुत गति, म्याच जित्ने र विश्वको शीर्ष ब्याट्सम्यानको रूपमा परिचित छन् बाबर ।

उनै बाबर आजमको कप्तानीमा आज पाकिस्तानले विश्वकपको फाइनल खेल्दैछ । सात वर्षको आफ्नो करियरमा बाबरले हरेक फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । हाल बाबर विश्वकै नम्बर एक ओडीआई खेलाडी हुन् । टेस्टमा नम्बर तीन र टी–२० मा चौथो नम्बरमा छन् उनी । टेस्टमा ४३, एकदिवसीयमा ५६.८ र टी–२० मा ४७.३२ को औसत अन्तर्राष्ट्रिय क्रिकेटमा उनको प्रतिष्ठा बताउन पर्याप्त छ ।

अब बाबरको कथामा फर्कौं । लाहोरका बाबर बाल्यकालमा बुबासँग गद्दाफी स्टेडियममा खेल हेर्न आउने गर्थे । बिस्तारै क्रिकेटमा उनको रुचि बढ्न थाल्यो । एक पटक बाबरले जेपी डुमिनीले प्रहार गरेको छक्का बाहिर क्याच गरे । त्यसपछि कमेन्टेटरले उनको प्रशंसा गरे ।

बुबा आजम सिद्दिकीले छोरालाई क्रिकेटमा रुचि भएको महसुस गरे । उनले बाबरलाई क्रिकेट कोचिङ लिन मुस्लिम मोडल स्कुल पठाए । मोहम्मद युनिस यहाँ प्रशिक्षक थिए । बच्चाहरुले उनलाई मामा जुना भन्थे । मोहम्मद युनिसले सलिम मलिक र नासिर जमशेद जस्ता खेलाडीलाई पनि तालिम दिएका थिए ।

युनिसले बाबरलाई पहिलो दिनमै पाठ सिकाए । त्यो पाठ थियो सबैभन्दा पहिले फिल्डमा आउने र फर्किने बेला सबैभन्दा ढिलो जाने । बाबरले पनि त्यसको पछि लागे । उनी पहिले ७–८ किलोमिटर हिँडेर क्लब जान्थे, नेट अभ्यास गर्थे र अन्तिममा जान्थे । यसपछि बाबरलाई नयाँ चुनौति थपियो । पहिलो बल र अन्तिम बल खेल्नु । यसको अर्थ विकेट नदिनु थियो ।

आफ्ना पुराना दिन सम्झँदै बाबर भन्छन्, ‘बाबा मेरो खेल हेर्न क्लबमा आउनुहुन्थ्यो । कयौं पटक उहाँ जानकारी नदिई गोप्य रुपमा मैदानमा आउने गर्नुहुन्थ्यो । घर फर्किएपछि आज म यसरी खेलेको, यसरी हिर्काएको भन्ने कुरा सुनाउँदा उहाँले मेरो झुट समातेर गाली गर्नुहुन्थ्यो । खेल्दाखेल्दै भुइँमा यता–उता हेरिरहन्थें, बाबा यहाँ हुनुहुन्छ कि नाई भनेर । कहिलेकाहीँ बाबा जमिनको कुनै कुनामा चुपचाप उभिनुभएको देख्थेँ ।’

त्यसपछि बाबर राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा छनोट भए । एनसीए भनेको पाकिस्तानका युवा क्रिकेटरहरूको नर्सरी हो । एक दिन पाकिस्तानका पूर्व ओपनर तथा प्रशिक्षक मुदस्सर नाजरको नजर बाबरमा पर्यो । बाबरलाई भने– ‘छोरा, ब्याटिङमा ध्यान दे’ । त्यसपछि बाबरले ब्याटिङमा ध्यान दिन थाले ।

मे २००८ मा, पाकिस्तान अन्डर–१५ क्रिकेट टोली ‘क्लिको कप’ खेल्न वेस्ट इन्डिज गएको थियो । वेस्ट इन्डिजले फाइनलमा पाकिस्तानलाई हराएपनि ८ खेलमा ४३६ रन बनाएका बाबर प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट बने । बाबरले यस सिरिजमा १ शतक र ४ अर्धशतक बनाएका थिए । यसबाट उनका प्रशिक्षक निकै खुसी भए ।

बाबरले सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । अगाडि जिम्बावे थियो । बाबरले ६० बलमा ५४ रन बनाए । बाबरले आफ्नो पहिलो १५ ओडिआईमा पाँच अर्धशतक बनाए र यहाँबाट बाबरको ब्याटिङले गति लियो ।

बाबरले सन् २०१६ मा वेस्ट इन्डिजविरुद्ध लगातार तीन शतक प्रहार गरेका थिए । उनी दोस्रो सबैभन्दा छिटो एकदिवसीयमा २००० रन बनाउने खेलाडी बने । यस्तै, दोस्रो सबैभन्दा छिटो १००० टी–२० रन र विराट कोहलीको चार इनिङ्समा सबैभन्दा छिटो २००० टी– २० रन बनाउने कीर्तिमानी पनि उनले तोडे ।

बाबरले आफ्नो पहिलो टी–२० २०१६ मा खेलेका थिए । सुरुमा उनको प्रदर्शन राम्रो थिएन । उनी बिस्तारै खेल्छन् र डट बल बढी खेल्छन् भन्ने आलोचना पनि भएको थियो । बाबरले २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध १०३ रन बनाउँदै आफ्नो टोलीलाई जित दिलाएका थिए । यो उनको पहिलो टी–२० शतक थियो । बाबरले हालसम्म टी–२० मा दुई शतक प्रहार गरिसकेका छन् ।