२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

जो मैदानमा बाहिर आएको बल दौडिएर समात्थे, त्यही मैदानमा १४ वर्षपछि कप्तानी

जो मैदानमा बाहिर आएको बल दौडिएर समात्थे, त्यही मैदानमा १४ वर्षपछि कप्तानी
अ अ+ अ-

एजेन्सी । सन् २००७ अक्टोबरमा, पाकिस्तान र दक्षिण अफ्रिकाको टोली लाहोरको गद्दाफी स्टेडियममा भिड्दै थिए । बल बाउन्ड्री लाइन बाहिर आउनेबित्तिकै १३ वर्षको बालक हतारमा त्यसतर्फ दौडिने र सबैभन्दा पहिले समात्ने गर्दथ्यो ।

उनमा ठूलो जोश र जाँगर थियो । घर फर्किएपछि बच्चा राती सुत्न सकेनन् । मोहम्मद युसुफ र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई रातभर सपनामा खेलिरहेको देख्थे उनी । त्यसपछि यो बच्चा को हो भनेर कसैलाई थाहा भएन ।

१४ वर्षपछि अर्थात फेब्रुअरी २०२१ मा त्यही ठाउँ गद्दाफी स्टेडियम । फेरि एकपटक पाकिस्तान र दक्षिण अफ्रिका आमनेसामने भए । यसपटक भने त्यो बालक बाउन्ड्री लाइनभन्दा बाहिर नभई स्लिपमा उभिएर फिल्डिङ सजाउँदै पाकिस्तानी टोलीको नेतृत्व गरिरहेको थियो । उनी हुन् बाबर आजम । एक द्रुत गति, म्याच जित्ने र विश्वको शीर्ष ब्याट्सम्यानको रूपमा परिचित छन् बाबर ।

उनै बाबर आजमको कप्तानीमा आज पाकिस्तानले विश्वकपको फाइनल खेल्दैछ । सात वर्षको आफ्नो करियरमा बाबरले हरेक फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । हाल बाबर विश्वकै नम्बर एक ओडीआई खेलाडी हुन् । टेस्टमा नम्बर तीन र टी–२० मा चौथो नम्बरमा छन् उनी । टेस्टमा ४३, एकदिवसीयमा ५६.८ र टी–२० मा ४७.३२ को औसत अन्तर्राष्ट्रिय क्रिकेटमा उनको प्रतिष्ठा बताउन पर्याप्त छ ।

अब बाबरको कथामा फर्कौं । लाहोरका बाबर बाल्यकालमा बुबासँग गद्दाफी स्टेडियममा खेल हेर्न आउने गर्थे । बिस्तारै क्रिकेटमा उनको रुचि बढ्न थाल्यो । एक पटक बाबरले जेपी डुमिनीले प्रहार गरेको छक्का बाहिर क्याच गरे । त्यसपछि कमेन्टेटरले उनको प्रशंसा गरे ।

बुबा आजम सिद्दिकीले छोरालाई क्रिकेटमा रुचि भएको महसुस गरे । उनले बाबरलाई क्रिकेट कोचिङ लिन मुस्लिम मोडल स्कुल पठाए । मोहम्मद युनिस यहाँ प्रशिक्षक थिए । बच्चाहरुले उनलाई मामा जुना भन्थे । मोहम्मद युनिसले सलिम मलिक र नासिर जमशेद जस्ता खेलाडीलाई पनि तालिम दिएका थिए ।

युनिसले बाबरलाई पहिलो दिनमै पाठ सिकाए । त्यो पाठ थियो सबैभन्दा पहिले फिल्डमा आउने र फर्किने बेला सबैभन्दा ढिलो जाने । बाबरले पनि त्यसको पछि लागे । उनी पहिले ७–८ किलोमिटर हिँडेर क्लब जान्थे, नेट अभ्यास गर्थे र अन्तिममा जान्थे । यसपछि बाबरलाई नयाँ चुनौति थपियो । पहिलो बल र अन्तिम बल खेल्नु । यसको अर्थ विकेट नदिनु थियो ।

आफ्ना पुराना दिन सम्झँदै बाबर भन्छन्, ‘बाबा मेरो खेल हेर्न क्लबमा आउनुहुन्थ्यो । कयौं पटक उहाँ जानकारी नदिई गोप्य रुपमा मैदानमा आउने गर्नुहुन्थ्यो । घर फर्किएपछि आज म यसरी खेलेको, यसरी हिर्काएको भन्ने कुरा सुनाउँदा उहाँले मेरो झुट समातेर गाली गर्नुहुन्थ्यो । खेल्दाखेल्दै भुइँमा यता–उता हेरिरहन्थें, बाबा यहाँ हुनुहुन्छ कि नाई भनेर । कहिलेकाहीँ बाबा जमिनको कुनै कुनामा चुपचाप उभिनुभएको देख्थेँ ।’

त्यसपछि बाबर राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा छनोट भए । एनसीए भनेको पाकिस्तानका युवा क्रिकेटरहरूको नर्सरी हो । एक दिन पाकिस्तानका पूर्व ओपनर तथा प्रशिक्षक मुदस्सर नाजरको नजर बाबरमा पर्यो । बाबरलाई भने– ‘छोरा, ब्याटिङमा ध्यान दे’ । त्यसपछि बाबरले ब्याटिङमा ध्यान दिन थाले ।

मे २००८ मा, पाकिस्तान अन्डर–१५ क्रिकेट टोली ‘क्लिको कप’ खेल्न वेस्ट इन्डिज गएको थियो । वेस्ट इन्डिजले फाइनलमा पाकिस्तानलाई हराएपनि ८ खेलमा ४३६ रन बनाएका बाबर प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट बने । बाबरले यस सिरिजमा १ शतक र ४ अर्धशतक बनाएका थिए । यसबाट उनका प्रशिक्षक निकै खुसी भए ।

बाबरले सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । अगाडि जिम्बावे थियो । बाबरले ६० बलमा ५४ रन बनाए । बाबरले आफ्नो पहिलो १५ ओडिआईमा पाँच अर्धशतक बनाए र यहाँबाट बाबरको ब्याटिङले गति लियो ।

बाबरले सन् २०१६ मा वेस्ट इन्डिजविरुद्ध लगातार तीन शतक प्रहार गरेका थिए । उनी दोस्रो सबैभन्दा छिटो एकदिवसीयमा २००० रन बनाउने खेलाडी बने । यस्तै, दोस्रो सबैभन्दा छिटो १००० टी–२० रन र विराट कोहलीको चार इनिङ्समा सबैभन्दा छिटो २००० टी– २० रन बनाउने कीर्तिमानी पनि उनले तोडे ।

बाबरले आफ्नो पहिलो टी–२० २०१६ मा खेलेका थिए । सुरुमा उनको प्रदर्शन राम्रो थिएन । उनी बिस्तारै खेल्छन् र डट बल बढी खेल्छन् भन्ने आलोचना पनि भएको थियो । बाबरले २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध १०३ रन बनाउँदै आफ्नो टोलीलाई जित दिलाएका थिए । यो उनको पहिलो टी–२० शतक थियो । बाबरले हालसम्म टी–२० मा दुई शतक प्रहार गरिसकेका छन् ।