२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

ईश्वरलाई भोट माग्दै करिष्मा र आकाश घरदैलोमा

ईश्वरलाई भोट माग्दै करिष्मा र आकाश घरदैलोमा
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै चर्चित अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि घरदैलोमा सहभागी भएका छन् ।

करिष्मा र आकाशले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलको चुनावी अभियानमा साथ दिएका हुन् ।

उनीहरु आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिए ।

आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको र जनताको माझमा भिजेको बताइन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पोखरेलको विकल्प नभएको उनले बताइन् ।

देश विकासको लक्ष्य लिएर अगाडि बढेको एक मात्र पार्टी एमाले रहेको भन्दै अभिनेत्री मानन्धरले एमालेले जिते मात्रै देशले काँचुली फेर्न सम्भव रहेको प्रतिक्रिया दिइन ।

‘नेपाली जनताले विकास के हो भन्ने कुरा राम्रो अनुभुति गर्न नपाएको बेलामा केपी शर्मा ओलीको नेतृत्वमा एमालेले जनतामा विकासको अनुभुति गराउन सफल भयो । त्यसैले यो पटकको भोट एमालेलाई’– अभिनेत्री मानन्धरले भनिन् ।

घरदैलोका क्रममा वडा नम्बर ३ का जनताले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वागत गर्दै जितको शुभकामना दिएका थिए । जनताको सद्भाव र विश्वासप्रति आफू नतमस्तक रहेको भन्दै पोखरेलले सदैव जनताको सुख दुख र विकासमा आफू सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभामा पोखरेल तथा प्रदेशसभा ५ (१) मा नारायण सिलवाल र ५ (२) मा दीपक निरौला उम्मेदवार छन् ।

<iframe src=”https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fnewspolar%2Fvideos%2F797777384617282%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”314″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>