१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

एमसीसी पारित गराउन पौडेलको दौड

एमसीसी पारित गराउन पौडेलको दौड
अ अ+ अ-

काठमाडाैं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्नुभएको छ । 

वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्ता पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताउनुभयो । एमसीसीको समस्या जटिल रुपमा आएको भन्दै उहाँले भेटवार्ताको क्रममा एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गर्नुभयो । एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उहाँको भनाई छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसी बारे निर्णय लिने बताएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘अहिले सामान्यतया देशको परिस्थितिको बारेमा हामीले छलफल ग-यौँ । एमसीसीको समस्या पनि अहिले हाम्रो अगाडी जटिल रुपमा आइरहेको छ । यसले गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध के हुन्छ ? हाम्रो विकासको भविष्य के हुन्छ ? यि कुरा हामीले राम्रैसँग कुरा ग¥यौँ । सैद्धान्तिक रुपमा त हाम्रो बिचमा केही मतभेदजस्तो देखिएन । तर केही प्राविधिक कुराहरु छन् । उहाँहरु मिटिङ गर्नुहुन्छ रे १३ गते अनि त्यसपछि निर्णय गर्नुहुन्छ भन्नुभयो ।’

वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेश भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का नेताहरुसँग पनि कुरा गर्ने बताउनुभयो । उहाँले देशमा संकट नगहिरियोस् भन्नका लागि आफु प्रयत्नशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पुस्ता नै एउटा असफल पुस्तामा परिणत हुन थाल्यो । मुलुक नै असफल राष्ट्रतिर जाने हो कि भन्ने मलाई चिन्ता भएर मैले पहिलेदेखि केपी ओलीलाई भेटेको । त्यसपछि मैले यि पाँच दलका नेताहरुसँग कुरा गरेको । त्यही श्रृङ्खलामा मैले अहिलेपनि देशको संकट झन गहिरिदै नजाओस् त्यसैमा म प्रयत्नशील छु ।’

उहाँले एमसीसी परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकि सरकारले गरेको सहयोग भएको बताउनुभयो । एमसीसीले विद्युत र सडक मार्फत् नेपालको गरिबी हटाउन मद्दत पु-याउने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘अमेरिकी सरकारले नेपालको गरिबी अन्त्यका लागि नेपालको विद्युतलाई मार्केटमा लगेर बेच्नको लागि एउटा प्रसारण लाइन बनाइदिने । नेपालले आम्दानी गरोस्, नेपालको गरिबी हटाउन मद्दत गरोस् । त्यस्तै सडक बनाइदिने, यहाँको जनताले सुविधा पाउन् । त्यही हो मैले बुझेको सिम्पल कुरा हो ।’

एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने उहाँले बताउनुभयो । राष्ट्रको ध्यान संसदतर्फ केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो ।