• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

टी–२० विश्वकपको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै



एजेन्सी । आइसीसी टी–२० पुरुष विश्वकपको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डले आज प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा नेपाली समयानुसार १ः४५ बजे सुरु हुनेछ ।

आज फाइनल खेलमा वर्षा बाधक बन्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले मेलबर्नमा वर्षा हुन सक्ने जनाएको छ । यदि पानी परेन भने क्रिकेट फ्यानहरूले फाइनलमा रनको वर्षा भने देख्ने पक्का छ ।

समूह चरणमा भारत र जिम्बाब्वेसँग पराजित भएपछि पाकिस्तानले शानदार पुनरागमन गरेको थियो । अर्कोतर्फ दक्षिण अफ्रिकामाथि नेदरल्याण्ड्सको जितपछि भाग्य चम्किँदै नकआउट चरणमा पुगेको पाकिस्तानले मौकाको फाइदा उठायो । सेमिफाइनलमा उपाधि दाबेदार न्यूजिल्याण्डलाई पाकिस्तानले पराजित गरेको थियो ।

अर्कोतर्फ, समूह चरणमा आयरल्यान्डजस्तो कमजोर टोलीसँग पराजित भएपछि इंग्ल्यान्डले पनि पुनरागमन गरेको थियो । दुवै टोली आ–आफ्नो सुपर १२ समूहमा दोस्रो भएका थिए ।

विश्वको दोस्रो नम्बरमा रहेको इंग्ल्यान्ड र तेस्रो नम्बरमा रहेको पाकिस्तान टोली अहिले उत्कृष्ट लयमा छन् । दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

दुई कप्तान बाबर र बटलरलाई इतिहास रच्ने मौका

पाकिस्तानी कप्तान बाबर आजम महान क्रिकेटर इमरान खान (१९९२ एकदिवसीय विश्वकप विजेता कप्तान) र युनिस खान (२००९ टी’२० विश्वकप विजेता कप्तान) को सूचीमा आफ्नो नाम जोड्न चाहन्छन् । लिग खेलमा रन बनाउन नसकेका बाबरले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध अर्धशतक बनाएर लय प्राप्त गरेका छन् ।

उता, इंग्ल्यान्डका कप्तान जोस बटलर उत्कृष्ट लयमा छन् । उनले सेमिफाइनलमा भारतविरुद्ध एलेक्स हेल्ससँग अपराजित १७० रनको साझेदारी गरेका थिए । भारतीय टोलीलाई लज्जास्पद हार दिने जोस बटलर ३० वर्षअघिको एकदिवसीय विश्वकपमा पाकिस्तानसँगको हारको बदला यही मैदानमा नै लिन चाहन्छन् ।

बटलर पनि पल कलिङवुड (२०१० टी–२० विश्वकप विजेता कप्तान) र इयोन मोर्गन (२०१९ एकदिवसीय विश्वकप विजेता कप्तान) को सूचीमा आफ्नो नाम राख्न चाहन्छन् ।

इङ्ल्यान्ड वा पाकिस्तान जुन टोलीले उपाधि जित्छ, त्यो वेस्ट इन्डिजसँगको उपाधि बराबरी गर्नेछ । यसअघि वेस्ट इन्डिजले दुई पटक टी–२० विश्वकप जितेको छ । इन्डिजले सन् २०१२ र २०१६ मा यो उपाधि जितेको थियो ।

यसअघि पाकिस्तान र इंग्ल्यान्ड टी–२० विश्वकपमा दुई पटक आमनेसामने भएका छन् । इंग्ल्यान्डले सन् २००९ र २०१० मा दुवै पटक खेल जितेको थियो । यता, समग्र टी–२० को कुरा गर्ने हो भने दुई देशबीच जम्मा २८ खेल भइसकेका छन् ।

जसमा इङ्ल्यान्डले १८ पटक जितेको छ (एक खेल बराबरी हुँदा ओभर एलिमिनेशनबाट जितेको छ) र पाकिस्तानले नौ पटक जितेको छ भने एक खेल नतिजा बिनै टुंगिएको थियो ।