• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार

आचारसंहिता उल्लंघन: पुकार सहित पाँच जनालाई ५ हजार जरिवाना,माधवको बारे प्रहरीलाई पत्राचार



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको जनाएको छ ।

आयोगका अनुसार कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई प्रचलित कानूनबमोजिम जरिवानासहित कारवाही गरिएको छ ।

यस्तै आचारसंहिता उल्लंघनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइएको छ भने आचारसंहिता विपरीत भएका कार्यहरू रद्द गर्न विभिन्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको आयोगले जनाएको छ ।