२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुगेको छ । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ४.२९, विकास बैंक ६५.८५, जलविद्युत् १९४.०७, वित्त ४५.०५, उत्पादन २७.८४ र लगानी ०.३४ बिन्दुले बढेको छ । 

यस्तै, व्यापार ६०, होटल तथा पर्यटन ७.७७, निर्जीवन बीमा ८२.९८, अन्य २१.०१, लघुवित्त १२६.३३, जीवन बीमा २.७५ र सामूहिक लगानी कोष ०.१२ बिन्दुले घटेको छ । अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भएका छन् । जलविद्युत् कम्पनीले संस्थापक शेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरमा चाप परेको छ । 

सोही आधारमा आज अपि पावर कम्पनी, खानीखोल हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अप पावर ५.३८, लक्ष्मी इक्विटी फण्ड ४.७५, पोखरा फाइनान्स ४.५१, विजय लघुवित्त ४.३५ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले गुमाए । 

कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ५६ करोड ७२ लाख ३३ हजार ८०२, सानिमा माई हाइड्रोपावर रु ५० करोड ३४ लाख ७१ हजार ३०५, अरुण काबेली पावर रु ४१ करोड ५५ लाख ३५ हजार ६९८ र छिमेक लघुवित्त रु ४० करोड ८९ लाख तीन हजार ९८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

आजको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुगेको छ ।