• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने ★   टी–२० विश्वकपः खेलाडीको भिसाको टुंगो छैन नगरप्रमुखलाई निम्तो ★   बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति ★   कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार ★   साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ? ★   सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: नि:शुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन ★   शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने ★   बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन ★   दिल्लीका यी ब्याट्सम्यानले बनाए आईपीएलभर मात्र ३ रन, हरेक रनको मूल्य २.४ करोड ★   सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

मध्यरातमा ओली किन पुगे ‘एलओडी’मा ?



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुगेका छन् ।

मंसिर ४ मा हुने निर्वाचन नजिकिँदै गर्दा उनी आफ्नो पार्टी नेकपा एमालेको चुनावी र्‍याप गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् ।

उनको बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक भइसकेको छ । अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गरेका छन् । साथै ओलीले फेसबुकमा तस्बिरहरू पोस्ट गरेका छन् ।

‘सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिएको, अतिक्रमित भूभाग समेट्दै नक्शा जारी गरेको, राष्ट्रवादी नेता भएको जस्ता विषय गीतमा समेटिएको छ । यस्तै, शुक्रबार नै ‘केपी बा’ नामको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको छ ।