२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा ओली किन पुगे ‘एलओडी’मा ?



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुगेका छन् ।

मंसिर ४ मा हुने निर्वाचन नजिकिँदै गर्दा उनी आफ्नो पार्टी नेकपा एमालेको चुनावी र्‍याप गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् ।

उनको बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक भइसकेको छ । अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गरेका छन् । साथै ओलीले फेसबुकमा तस्बिरहरू पोस्ट गरेका छन् ।

‘सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिएको, अतिक्रमित भूभाग समेट्दै नक्शा जारी गरेको, राष्ट्रवादी नेता भएको जस्ता विषय गीतमा समेटिएको छ । यस्तै, शुक्रबार नै ‘केपी बा’ नामको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको छ ।