• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

रोहित राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए ।

नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो । बलात्कारको आरोपमा सन्दीप पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।

पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ भने दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।