२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

अब पनि ठमेल बन्द भए हाम्रो आत्मबल गिर्छ : भवि शर्मा

अब पनि ठमेल बन्द भए हाम्रो आत्मबल गिर्छ : भवि शर्मा
अ अ+ अ-

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताउनुभएको छ । 

उहाँले विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको हुनाले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताउनुभएको हो । त्यस्तै उहाँले ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेको बताउनुभयो । १० हजार कोरोनाविद्धको भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर भ्याक्सिन लगाउने संघसंस्था अर्को कुनै नरहेको पनि उहाँले बताउनुभयो ।

उपाध्यक्ष शर्माले भन्नुभयो, “ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले भ्याक्सिन लगाइसक्नुभएको छ । भ्याक्सिन लगाउन विभिन्न कारणले छुट्नुभयो, कोभिडको कारण, वा काठमाडौं भन्दा बाहिर जानुभयो वा अन्य कुराले बिरामी भएर भ्याक्सिन लगाउन पाउनुभएन, त्यो ५ प्रतिशत मात्रै होला । १० हजार भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर आजको दिनसम्म भ्याक्सिन लगाउने संघसंस्था भनेको हामी मात्रै हो, विदेशबाट आउँदा विदेशी पर्यटकहरुले भ्याक्सिन पनि लगाएर आउनुभएको छ, ७२ घण्टाअघि पीसीआर नेगेटिभ आएको छ भने उहाँहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्नुको कुनै अर्थ छैन ।”

कोरोनाको कारणले गर्दा व्यपार व्यवसाय ठप्प भएपछि कतिपय व्यवसायीहरुले आत्महत्या र कतिपय मानसिक रोगी बनेको समेत उहाँले उल्लेख गर्नुभयो । साथै कतिपय व्यवसायीको लाइफस्टाइल १०० बाट १० प्रतिशत तिर गइरहेको उपाध्यक्ष शर्माले बताउनुभयो । उहाँले एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक जाने हो भने सबै व्यवसायीको आत्मबल गिर्ने उल्लेख गर्नुभयो ।

उपाध्यक्ष शर्माले भन्नुभयो, “सरकारले मौद्रिक नीतिका कुराहरु छिटो नै कार्यान्वयन गर्नुपर्छ । होइन भने एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक (बन्द) भएर बस्दै जाने हो भने कहिलेसम्म हामी यो अवस्थामा बस्न सक्छौँ त ? यसले भोलि हामीमा पनि आत्मबल गिर्छ, कति व्यवसायीक साथीहरुले सुसाइड (आत्महत्या) गरेको अवस्था छ, कति मानसिक रोगी भइसक्नुभएको छ । उहाँहरुलाई फाइनान्सियल टचर छँदैछ भने हिजोको लाइफ स्टाइल पनि आज घटेर १०० बाट १० प्रतिशतमा गइरहेको छ । त्यसैले यसलाई सहज बनाएर लैजाने बाहेक अर्को कुनै पनि विकल्प छैन ।”

पर्यटकलाई आह्वान गर्दा सरकारले पनि नेपालमा पर्यटन व्यवसायी र कर्मचारीहरु भ्याक्सिनेट भइसकेको र सबै सुरक्षित हुनुहुनेछ भन्ने सन्देश दिएर पर्यटक आह्वान गर्न आग्रह गर्नुभयो ।