२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा एपीएफ र आर्मी भिड्ने

प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा एपीएफ र आर्मी भिड्ने
अ अ+ अ-

काठमाडौँ । राजेश पुलामीले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लव नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो । आर्मीको ब्याटिङका लागि सम्हालिएको इनिङ खेलेका राजेशले ३७ बलमा तीन चौका र दुई छक्का मद्दतमा अविजित ४३ रन जोडे । त्यस्तै रोहितकुमार पौडेलले ८७ बलमा नौ चौकाको मद्दतमा ८९ रन जोड्दा ओपनर हरी चौहानले ९२ बलमा आठ चौका र एक छक्काको मद्दतमा ७५ रन जोडेका थिए ।

कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा विक्रम सोबले ३० तथा ओपनर अर्जुन साउदले ११ रनको व्यक्तिगत स्कोर बनाएका थिए । बलिङतर्फ पुलिसका करण केसी एक्लैले ६ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै रासिद खान र ललित राजवंशीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले पूरा ५० ओभरमा चार विकेट गुमाएर ३ सय ४ रनको योगफल तयार पारेको थियो । ६७–३ को स्थितीमा रहेको पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ सेखले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेसँगै पुलिसलाई सम्मानजनक अवस्थामा डो¥याएका थिए । बिस्फोटक ब्याटिङ गरेका दिपेन्द्रले १ सय २५ बलमा ११ चौका र पाँच छक्काको मद्दतमा १ सय ४० रन जोडे । आरिफले १ सय ९ बलमा आठ चौका र दुई छक्का मद्दतमा अविजित ९१ रन जोडेका थिए । बलिङतर्फ आर्मीका तिब्र गतिका बलर विक्रम सोबले तीन विकेट लिए भने सुशान भारीको नाममा एक विकेट रह्यो ।

यससँगै साविक विजेता आर्मीले एपिएफसँगको भेट पक्का गरेको छ । एपिएफले यसअघि भएको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल शनिवार हुनेछ ।