२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपालाई विजयी गराउन आम मतदातालाई अभिनेत्री कोइरालाको आह्वान



अ+ अ-

काठमाडौँ । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गर्नु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उहाँले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पार्नु भयो । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उहाँको भनाई थियो ।

अभिनेत्री कोइरालाले विपीको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताउनु भयो । उहाँले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने तर्क समेत गर्नु भयो । अभिनेत्री कोइरालाले भन्नु भयो, ‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो ।

मलाई त्यो कुरा सुनेर मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो भनेर मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु । अरुले विर्सेर होला । तर राजेन्द्र लिङदेनजीले विर्सनु भएको छैन विपी बालाई । विपी बाको मेलमिलापको नीति । उहाँले अन्तमा आएर बुझ्नु भयो कि । उहाँले नेपाललाई चाहिने कुरा राख्नु भएको छ । म चाहन्छुलाई उहाँहरुलाई अत्याधिक भोटले जिताउनु हो्स्, उहाँहरुका सबै प्रतिनिधिहरुलाई । र, हलोमा भोट दिनुहोस् । र, तपाईहरुको आवाजलाई संसदमा बलियो होस् भन्ने म चाहन्छु ।

उहाँहरुले तपाईहरुको सेवा गर्न पाउनु यो एउटा ठूलो मौका हो । तपाईहरुलाई थाहा छ कि छैन ? धेरै पहिला विपी र महेन्द्र सरकार दुईटै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरुले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो ।

अहिले त्यस्तै मौका तपाईहरुको हाम्रो ढोकामा आएको छ । अव यो मौकालाई हामीले गुमाउनु हुँदैन । अत्याधिक भोट दिनुहोस् । राप्रपालाई जिताउनुहोेस् । सबै उहाँहरुलाई जिताउनुहोस् भन्ने म आशा राख्दछु । तपाईहरुले मलाई सधैं माया दिनु भएको छ । सधैं आर्शिवाद दिनु भएको छ । म त्यसमा गौरव गर्छु । र, म चाहन्छु कि तपाईहरुको माया मेरो जीवनभर रहोस् । तपाईहरु सबैको जयहोस् ।’

अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताउनु भयो ।