• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छः रवीन्द्र मिश्र



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँको वसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ ।,’

यस्तै, मिश्रले भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउने समेत बताए ।

फरक प्रसंगमा मिश्रले नेपाली कांग्रेसका नेता गणेशमान सिंहको राजनीतिक उत्तराधिकारी आफू भएको दाबी समेत गरे ।

‘कांग्रेस गणेशमानजीको सुपुत्र आज प्रकाशमान जी आज मेरो १५ वर्ष सांसद भएपछि मेरो प्रतिस्पर्धी हुनुभएको छ। मलाई यहाँ उभिएर दाबी गर्न अप्ठ्यारो छैन। गणेशमानजीका सुपुत्र प्रकाशमान जी रगतले उहाँको उत्तराधिकारी हुनुहुन्छ ।’ उनले भने ‘राजनीतिक रूपमा यो देशको लागि संवैधानिक राजसंस्था र यो देशलाई शिरमा राखेर दृढताको साथ अघि बढ्ने राजनीतिक उत्तराधिकारी म हुँ ।’