• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध दिए उच्चमा पुनरावेदन



कलाकार पल शाह

काठमाडौँ । हाल कारागारमा रहेका अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

नाबालिकामाथि यौन दुरुपयोग गरेको मुद्दा नवलपुर जिल्ला अदालतले अभिनेता शाहलाई दोषी ठहर गरेको थियो । उनले जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिनुपर्ने माग गर्दै पुनरावेदन दिएका हुन् ।

जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । उनीविरुद्ध सोही प्रकृतिको मुद्दा जिल्ला अदालत तनहुँमा विचाराधीन छ ।