५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईवर्षमा कपनको खहरे समाधान गर्न नसके फेरि मत माग्न आउदिनँ– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या समाधान गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बूढानीलकण्ठको वडा नं १० मा घरदैलो प्रचारका क्रममा उहाँले खहरे समस्या दुई भित्रमा समाधान नगरे फेरि मत माग्न नआउने वाचा गर्नुभयो । “दुई वर्षभित्र यो खहरेको समस्या समाधान गर्न सकिनँ भने अर्कोपटक तपाईंहरुसँग मत माग्न आउँदिन ।”

उहाँले घर अगाडिको ढल र फोहोरमात्रै नभएर मुलुककै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्यसहित मत माग्न आएको बताउनुभयो ।

पानी पर्नेबित्तिकै सामान्यतया काठमाडौँको कपन क्षेत्रमा बाढी आउने गर्दछ । अझ बर्सातको बेला त आउने बाढीले कपनबासीलाई हैरानी नै दिएको छ । दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले कांग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाउनुभएको थियो ।

उहाँको सो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृतसमेत गरेको छ । बाढी नियन्त्रणका लागि चरण–चरण गरी एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको तर स्थायी समाधान अझै हुन सकेको छैन ।