• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

एमालेले गरेको भ्रष्टाचार र लुटको पैसा निर्वाचनमा खोलो जसरी बगेको छः माधव नेपाल



फाईल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उहाँले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाउनुभएको हो ।

उहाँले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताउनु भयो । उहाँले सरकार ढलेपछि अहिले ओली उत्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उत्पट्याङ कुराहरुको संकलन गर्नुपर्ने बेला भएको बताउनु भयो । अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताउनु भयो ।

उहाँले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको बताउनु भयो । अध्यक्ष नेपालले नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको श्रोत भनेको भ्रष्टाचार र लुट रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम ग¥यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन् । यो त संकलन गर्नुपर्छ । केके बोले अहिलेसम्म । झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो । उनको अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति, पार्टी, राज्य भन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति, पहिला पनि तानाशाहीमा यो प्रवृत्ति थियो । त्यही प्रवृत्तिका वाहक ओली बन्न पुगे । आज उनले चुनावमा गरिरहेको खर्च हेर्नत, अर्बौं अर्ब कहाँबाट ल्याए, उनको पार्टीमा पैसा फल्ने रुख छ ?आम्दानीको श्रोत के हो ? लुट र भ्रष्टाचार हो । अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन् ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पु¥याउने बताउनु भयो । उहाँले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताउनु भयो । उहाँले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सुकुम्वासी समस्यालाई देख्यौँ, त्यसको समाधान केही ग¥यौं । ६० हजार परिवारलाई जग्गा बाँड्ने काम ग¥यौं । यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरुले नगरेको काम हामीले गरेका हौँ । बुढापाकालाई पेन्सन दिने काम गरेका छौँ । १०० बाटठ शुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पु¥याउनेछौँ ।’

उहाँले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष नेपालले नेपालको आर्थिक स्तरोन्नतीको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरुको लागि छिन्नभिन्न हुने र जोडिने कुरा छसामान्य भएको जिकिर गर्नुभयो ।