
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपाल र क्यानडाबीचको खेल जारी छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले बलिङ गरिरहेको छ ।
नेपालका लागि कमल ऐरीले दुई, अविनाश बोहरा र सन्दीप लामिछानेले १ विकेट लिएका छन् ।
यस्तै क्यानडाका र्यान पठान र साद बीन जफर रन आउट हुन पुगे ।
यो समाचार तयार पार्दासम्म क्यानडाले ७.५ ओभरमा ६ विकेटको क्षतिमा ४२ रन जोडेको छ ।