१४ श्रावण २०८३, बिहीबार
,
Latest
महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप सम्मेलनमा नेपालको वृतचित्र प्रदर्शन



अ+ अ-

इजिप्टको शर्म एल शेख शहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २७ औं अन्तराष्टिय महासम्मेलन ९कोप २७० मा बुधबार नेपालको वृतचित्र प्रदर्शन गरिएको छ ।

भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृतचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ । महासम्मेलनमा नेपालको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा वन, तथा वातावरणविदसहितको टोली सहभागी छ । नेपाल प्रतिवेदनसँगै साथसाथै फाउण्डेसनले तयार गरेको वृतचित्र देखाइएको हो । उक्त वृतचित्रको लेखन र निर्देशन पत्रकार बालकृष्ण बस्नेतले गर्नुभएको हो ।

वृतचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरुमा हिँउ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, वेमौसमी वर्षाले धनजन, अन्नवालीमा पुर्याएको क्षति समेटिएको छ । गत वर्ष मार्च ८ मा विभिन्न क्षेत्रका अगुवा ४० जना महिलाले गरेको सगरमाथा आधारशिविर, कालापत्थरसम्मको पैदलयात्रा, सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्य देखि डोल्पामा यसैवर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ ।

महासम्मेलनमा सहभागी साथसाथै फाउण्डेशनका अध्यक्ष प्रजिता कार्कीले नेपालमा भएको हानी नोक्सानी र क्षति प्रदर्शन गरी विश्वको ध्यानाकर्षण गराउने उद्धेश्यले यो वृतचित्र निर्माण भएको बताउनुभयो ।

अत्यन्तै न्यून कार्वन उत्पादन हुने नेपालमा जलवायू परिवर्तनको क्षति भने अतुलनीय छ । यो सम्मेलनमा हानी नोक्सानी र जलवायु कोषको समेत मुद्धा छ । नेपालमा भएको हानीनोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृतचित्रले भूमिका खेल्छ भन्ने विश्वास लिएको छु, अध्यक्ष कार्कीले भन्नुभयो ।

वृत्तचित्र वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषसहितको समन्वय र सहकार्यमा निर्माण भएको उक्त संस्थाले जनाएको छ । वृतचित्र प्रदर्शनपछि सहभागीबीच अन्तक्र्रिया समेत राखिएको थियो ।

निर्देशक बस्नेतले प्राकृतिक विपत्तिले नेपाल र नेपालीले बेहोर्नुपरेको क्षति मात्र नभै आवाजविहीन पीडितलाई न्यायको वकालत गरिएको बताउनुभयो ।

यो वृत्तचित्रले हानीनोक्सानी मात्र देखाएको छैन । विपत्ति भोगिरहेको नेपाल र यहाँ प्रत्यक्ष पीडित जनतालाई क्षतिपूर्ति र पुननिर्माणका लागि विश्वले ध्यान दिनुपर्छ भन्ने सन्देश दिएको छ, बस्नेतले भन्नुभयो ।




भर्खरै