२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार प्रचारमा, मतदाता खेतमा



अ+ अ-

खजुरा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले चुनावी प्रचारको अभियानमा जुटेका छन् । निर्वाचनमा आआफ्ना ऐजेण्डा सहित उम्मेदवार मतदाता समक्ष पुगेका छन् । तर, बाँके जिल्लाका किसानलाई भने बर्ष भरि आफुले गरेको मेहनतको खेतीबाली धान भित्र्याउन चटारो छ । नेताहरु गाउँमा जाँदा अधिकांस मतदाता भने खेतमा भेटिने गरेका छन् ।

चुनाव आउन अब करिव दुई हप्ता मात्र रहदा किसानहरु भने वर्षदिनको अन्न धान स्याहार्ने कामलाई पहिलो प्राथामिकता राखेको खजुराका किसान हरिहर थारु बताउनुहुन्छ । किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ भने उम्मेदवारलाई गाउँ टोल बस्तीमा गएर मत माग्न भ्याइनभ्याई छ । नेता गाउँ पुग्दा धान काट्न गएका किसानलाई फोन गरेर समेत बोलाउने गरेका छन्, भने कतिपय नेता त खेतमै मत माग्न पुग्ने गरेको बाँके बैजानाथ गाउँपालिका–७ पेडारीका किसान लोहारी थारुले बताउनुभयो ।

उहाँका अनुसार विगतको निर्वाचनमा भने प्रचारप्रसार गर्न लस्करै निस्कने सर्वसाधारण मतदातालाई यसपालीको चुनावले खेतीपातीको मौसममा समय छुट्ट्याउन समस्या भएको छ । किसान लोहारी थारु भन्नुहुन्छ, “कतिपय ठाउँमा नेता भोटमाग्न खेतमै पुग्दा मात्रै चुनाव आएको जस्तो अनुभुति हुन्छ ।” किसानले धान भित्र्याउने काम समयमा नसक्दा प्रचारप्रसार गर्न ढिलाइ भएको उहाँको भनाइ छ ।

चुनावको बेला राजनीतिक दल तथा उम्मेदवार आप्mनो घोषणापत्रमा कृषिसम्बन्धी समस्या तथा सवाललाई मुद्दा बनाउने गर्दछन् । यसपालीको चुनावमा पनि दलहरुले आप्mनो घोषणापत्रमा कृषिका सवाललाई पुनः समेटेका छन् ।

यसपालीको चुनावमा किसानको पिरमर्का बुभ्mने नेतालाई मात्रै भोट दिने नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका किसान गोपी यादवले बताउनुभयो । समयमा मलबीउको उपलब्धता, आधुनिक कृषि उत्पादनमा जोड, कृषि अनुदान, बजारीकरण, कृषि प्रोत्सहानलगायतका सेवा सरकारले दिनुपर्दछ । यस्तो सेवा दिने नेतालाई मात्रै यसपटक मत दिने यादवको भनाइ छ ।

वर्षाँैदेखि कृषि मलको समस्या झेल्दै आएका किसानलाई राहत दिने नेतालाई अहिलेको निर्वाचनमा मतदान गर्ने बाँके डुडुवा गाउँपालिका–४ का किसान बाबादिन धोबीले बताउनुभयो ।

निर्वाचनमा सबै उम्मेदवारले विकास निमार्णका योजनासँगै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालका बारेमा योजना तथा प्रतिबद्धता आ–आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

सोही घोषणापत्रलाई जनतामाझ उम्मेदवार प्रचार गरिरहेका छन् । नेताहरुको घोषणापत्र हेर्दा प्रायः महत्वकांक्षी योजना मात्र भएको किसान अगुवा जगदीसप्रसाद विश्वकर्माले बताउनुभयो । वर्षभरी पेट भर्ने अन्न हो धान । अहिले किसानलाई चुनाव भन्दा धान नै प्यारो छ । धान स्याहार्ने सिजनमा निर्वाचनको मिति परेकाले उनीहरु प्रचारप्रसारमा सहभागि हुन नसकेको बताउछन् ।