२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय सल्लाहकार परिषदद्वारा निर्वाचन लक्षित विशेष निर्देशन जारी



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)केन्द्रीय सल्लाहकार परिषद्ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा विशेष निर्देशन जारी गरेको छ ।

परिषद्का अध्यक्ष अमृतकुमार बोहराले जारी गर्नुभएको निर्देशनमा सल्लाहकार परिषद्का सदस्यहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन पार्टीका चुनावसम्बन्धी कार्यक्रममा सहभागी भई आ– आफ्नो ठाउँमा लाग्न आग्रह गरिएको छ ।

के छ निर्देशनमा ?
नेकपा (एमाले)केन्द्रीय सल्लाहकार परिषद्का कमरेडहरूलाई खासगरी निम्न ३ विषयमा आधारित भएर यो विशेष निर्देशन जारी गरिएको छ । पार्टीको सूचना संयन्त्रमार्फत् यसलाई प्राप्त गरी आआफ्ना ठाउँमा लागू गर्न/गराउन हार्दिक आग्रह गर्दछ ।

१. नेपालको भविष्य निर्माण गर्ने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउने मंसिर ४ मा हुँदैछ । त्यो दिन आउन अब धेरै बाँकी छैन । ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो विगतदेखिको लक्ष्यलाई पूरा गर्न सल्लाहकार परिषद्का सबै कमरेडहरू पूर्व निर्णयअनुसार आआफ्ना ठाउँमा जिम्मेवारीपूर्वक लागिनैरहनु भएको छ । यसमध्ये केही कमरेडहरू पार्टीका तर्फबाट आफै उम्मेदवार समेत भएर चुनावी मैदानमा समेत हुनुहुन्छ । तसर्थ परिषद्का सबै कमरेडहरूलाई चुनावसम्बन्धी पार्टीको कार्यक्रममा सहभागी भएर नेकपा (एमाले)का सूर्यध्वजाबाहक उम्मेदवारलाई विजयी गराउन आफू सक्दो आआफ्नो ठाउँमा लाग्न केन्द्रीय सल्लाहकार परिषद्को तर्फबाट फेरि पनि हार्दिक आग्रह गर्दछ ।

२. पार्टी विधानबमोजिम हरेक वर्ष आफ्नो पार्टी सदस्यता नवीकरण गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व हो । यसबारे सल्लाहकार परिषद्का कमरेडहरूलाई जानकारी गराइएकै छ । तसर्थ परिषद्का सदस्यहरूमध्ये जो जसले आफ्ना सदस्यता नवीकरण गर्नुभएको छैन, उहाँहरूले आफ्नो सदस्यता आफ्नै सम्बन्धित जिल्ला वा केन्द्रीय संगठन विभागमार्फत् नवीकरण गरी यस परिषद्लाई जानकारी गराउनुपर्नेछ । नवीकरणको अभावमा पार्टीको वैधानिक काममा पर्ने असरप्रति कमरेडहरू आफैं सचेत हुनुहुन्छ ।

३. केन्द्रीय सल्लाहकार परिषद्को सदस्यहरूको विवरण अध्ययन गर्दा केही सदस्यहरूको सदस्यता प्राप्त मिति र सदस्यता नम्बर उपलब्ध नभएको पाइयो । तसर्थ यसैलाई सूचना मानी परिषद्का कमरेडहरूले आआफ्नो सदस्यता प्राप्त मिति र नम्बरको विवरण सोझै संगठन विभाग वा परिषद्को कार्यकक्षमा पठाई दिनुहुनेछ । हामी सोही आधारमा परिचय पत्रको समेत व्यवस्था गर्नेछौं ।