१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

गृहमन्त्रीलाई ओलीले सोधे- प्रहरीले कति कुटाइ खानुपर्ने हो ? (भिडियोसहित)

गृहमन्त्रीलाई ओलीले सोधे- प्रहरीले कति कुटाइ खानुपर्ने हो ? (भिडियोसहित)
अ अ+ अ-

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर हिजो बानेश्वरमा गरिएको प्रदर्शनमा प्रहरीको निरीहताका विषयमा जिज्ञासा राखेका छन् । ओली सोमबार कालु पाण्डेको समाधीस्थलमा पुगेका थिए । त्यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गृहमन्त्रीसँग टेलिफोन सम्वाद गरेको जानकारी गराएका हुन् । 

हिजो बानेश्वरस्थित संसद भवनमा भित्र एमसिसीसम्बन्धी सम्झौता पेश गरिरहँदा बाहिर भने नागरिक आन्दोलन चलेको थियो । 
त्यो आन्दोलनमा उपस्थितहरुले प्रहरीमाथि ढुंगामुडा गरेका थिए । त्यस क्रममा प्रहरीले नागरिकको खासै प्रतिकार गरेको थिएन बरु आफै भागेको थियो । 

सोही दृश्यलाई उद्धृत गर्दै एमाले अध्यक्ष ओलीले गृहमन्त्रीलाई फोन गरेको बताए । ओलीले भने 'बानेश्वरमा हेर्नुस् त तमासा ? के प्रहरीले पिटाइ मात्र खानुपर्ने हो ? आन्दोलनकारीलाई छुँनैहुँदैन भनेको हो ?' 

ओलीले भने 'ल हेर्नुस् त २५ जनाले ढुंगा हानिरहेको छ उता डेढ सयजना प्रहरीले ढालले ढुंगा छेक्दै भागेको मात्र छ ।'