२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३ (१) को निर्वाचन कार्यक्रम स्थगित



अ+ अ-

मोरङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ का उम्मेदवार शेखरचन्द्र थापाको निधन भएकाले प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को निर्वाचनसँग सम्बन्धित कार्यक्रम स्थगित भएको छ ।

प्रदेश नं १ का वनमन्त्रीसमेत रहेका थापाको निमोनियाका कारण विराटनगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ आसन्न संसदीय निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ३ (१) बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो ।

निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालयले आज एक सूचना प्रकाशित गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ को उपदफा (२)/प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ को उपदफा (२) बमोजिम आजैदेखि सो निर्वाचन क्षेत्रको निर्वाचनसँग सम्बन्धित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

निर्वाचन आयोगले कुनै निर्वाचन क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउने स्पष्ट गरेको छ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुनसक्ने बताइएको छ ।